सदरलाइनडटकम,
दाङ : दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरेर राखेको एक बसमा आगजनी भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा पार्किङ गरेर राखेको ना ४ ख ७१८८ नम्बरको बसमा बुधवार राति ११ बजे अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीका कारण बस पूर्ण रुपमा जलेको छ । त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिको उक्त बस विगत तीन महिनादेखि बसपार्कमा पार्किङ गरी राखिएको बताइएको छ ।
यता त्रिशिद्देवरी राप्ती यातायात प्रालि तुलसीपुरले आगजनीमा संलग्न दोषीको तत्काल पहिचान गरि कारबाही गर्न माग गरेको छ । सुरक्षित भनिएको बसपार्क भित्रै पार्किङ गरि राखिएको बसपमा आगजनी हुनु निन्दनीय कार्य भएको भन्दै प्रालिका कल्याणकारी सचिव प्रकाश भट्टले उक्त घटनाले सवारी धनीहरुलाई असुरक्षाको महशुस भएको बताए । आगजनीबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्रडम्मर पालले बताए ।
Next Post
कोरोनाको शंका लागेका व्यक्तिद्वारा आत्महत्या
६ चैत्र २०७६, बिहीबार १२:३९
सम्बन्धित
-
१८ फाल्गुन २०७७, मंगलवार ०९:२७
प्रधानमन्त्री ओली मंगलवार झापा र मोरङ जाँदै
-
१६ असार २०७८, बुधबार १६:४९
जनस्वास्थ्यका मापदण्ड पालना गर्न बाँके प्रशासनको आग्रह
-
१७ माघ २०७५, बिहीबार २२:१६
पुष्पलालचोककोे होटल माछापुच्छ्रेबाट १० जना जुवाडे नियन्त्रणमा
-
७ आश्विन २०७५, आईतवार १०:४७
आइतवारदेखि सार्वजनिक यातायातको भाडा दश प्रतिशत बढ्यो
-
३० भाद्र २०८०, शनिबार १४:४८
भेरी अस्पतालमा साप्ताहिक सरसफाई अभियान शुरु
-
१७ फाल्गुन २०७८, मंगलवार १३:४३
नेपालगञ्जमा शिवरात्रीको अवसरमा खडेश्वर जुंगे महादेवको दर्शन