भारतबाट ल्याईएका चारसय बोइलर कुखुरा प्रहरी नियन्त्रणमा

५ चैत्र २०७६, बुधबार ११:०२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रहरीले भारतबाट तस्करी गरी ल्याउदै गरेको करिव हजार किलो बोइलर कुखुरा बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटेको सुचना संकलन टोलीले हिरमिनिया नाकाबाट १० बटा साईकलमा राखेर ल्याउदै गरेको अवस्थामा ४ सय जिउदो बोइलर कुखुरा बरामद गरको हो ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका ईन्चार्ज तथा प्रहरी निरिक्षक हरी बस्नेतले बितेको रात साईकलमा राखेर नेपाल ल्याउदै तस्करले प्रहरीलाई देखेपछि साईकल छाडेर भागेको बताए । उनले बरामद कुखुरा नष्ट गर्नको लागि पशु क्वारेन्टाईन पठाईएको जानकारी दिए ।


भारतमा विभिन्न प्रकारको हार्मोन प्रयोग गरी समयभन्दा अगावै तयार गरिएको कुखुरा दिनहुँ तस्करीको माध्यामबाट नेपाल भित्र्याउने गरिन्छ । विज्ञका अनुसार यसरी उत्पादन गरेको कुखुरा खानको लागि अयोग्य हुन्छ ।

कोरोना भाईरसको त्रासको कारण भारतमा कुखुरा र माछा अघोसित प्रतिबन्ध लगाईएको कारण प्रतिकिलो ३० रुपैया भारुमा बिक्रि हुन छाडेपछि तस्करीको माध्यामबाट नेपाल भित्र्निे गरेको जनगुनासो आई रहेको बेलामा प्रहरीलाई यो सफलता मिलेको हो ।

Next Post

जमुनाहा–रुपईडिहा नाकामा यातायात ठप्प

५ चैत्र २०७६, बुधबार ११:०२
सदरलाइनडटकम, नेपालगञ्ज : भारतीय सीमासँग जोडिएको बाँकेको जमुनाहा नाकामा बुधवार विहानदेखि आवागमनमा कडाई गरिएको छ । मानिसहरुलाई पैदल मात्रै यात्रा गर्न दिइएको छ । अत्यावश्यकीय सवारी साधनबाहेक अन्य सवारी साधनमा रोक लगाइएको छ । नेपालगञ्जको चौलिक्का चोकदेखि करीब दुई किलोमिटरको दुरीमा रहेको नाकासम्म तीनस्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ । दैनिक […]