कोहलपुर चौराहमा माईक्रोबस र अटो आपसमा ठोक्किदा एकको मृत्यु तीन गम्भीर

२९ फाल्गुन २०७६, बिहीबार १०:२९
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर चौराह नजिकै जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी बिहिबार बिहान बिपरित दिशाबाट आएको माईक्रो बस र अटो एकआपसमा ठोक्कीदा एकको मृत्यु हुनुको साथै ३ घाइते भएका छन । उनीहरुको अवस्था गम्भीर छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बिहान ८ बजेको समयमा भे १ ख २१२९ नम्बरको बस र भे १ ह १६५३ नंम्बरको अटो एकआपसमा ठोक्कीएको थियो ।

सो घटनामा परेर अटोचालक बाँके बैजनाथ गाँउपालिका–२ मकैबारीका ४० वर्षिय जयबहादुर रोकाको मृत्यु भएको छ भने अटोमै सवार जुम्लाका २४ वर्षिय मदन शाही र बैजनाथ गाँउपालिका १ चिसापानीका २१ वर्षिय सुजन शाही र पहिचान खुल्न नसकेको अन्दाजी वर्ष २९–३० को पुरुष गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।


उनीहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहपुरमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

दुर्घटनामा बसमा सवार ११ जना यात्रु समेत घाइते भएका छन । सबै यात्रुको अवस्था सामान्य रहेको र उनीहरुको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिए पनि दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । फोटो : काँचुलीखबरबाट

Next Post

कोरोना भाइरस महामारीनै भएको पुष्टि

२९ फाल्गुन २०७६, बिहीबार १०:२९
सदरलाइनडटकम, काठमाण्डौ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड १९ भनिने कोरोना संक्रमणबाट महामारी निम्तिएको पुष्टि गरेको छ । चीनको हुबेइस्थित उहान शहरबाट फैलिएको भनिएको कोरोना संक्रमणका कारण हालसम्म विश्वर ४ हजार ६ सय २७ जनाको मृत्यु भइसकेको छ भने १ लाख २६ हजार १ सय ४५ जना संक्रमित भएका छन् […]

सम्बन्धित