निवर्तमान सञ्चारमन्त्री बास्कोटाको घर नजिकै विष्फोट

२८ फाल्गुन २०७६, बुधबार ०८:४६
 

सदरलाइनडटकम,
काठमाडौं : निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घर नजिकै बम विष्फोट भएको छ ।

भक्तपुरको बालकोटस्थित बास्कोटाको घर नजिकै खुला स्थानमा बुधबार बिहान विष्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बुधबार बिहान ७ : ४५ बजे बम विष्फोट भएका थियो ।


बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन ।

घटनास्थलमा प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली पुगेर अनुसंधान सुरु गरेको छ ।

विष्फोटबाट घरको पर्खाल, तथा झ्यालका सिसा फुटेका छन् ।

Next Post

बाँकेमा आगलागी हुँदा एकको मृत्यु, एक घाइते

२८ फाल्गुन २०७६, बुधबार ०८:४६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको खजुरारोडमा रहेको जय सियाराम मेनुफैक्चरिङ इन्डष्ट्रिज प्राईभेट लिमिटेडमा मंगलवार राती भएको आगलागीमा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृतकको हालसम्म सनाखत हुन नसकेको र शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिव वहादुर सिंहले […]