ब्राजिलमा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ४२ पुग्यो

२६ फाल्गुन २०७६, सोमबार १५:५३
 

सदरलाइनडटकम,
काठमाण्डौ : ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भीषण वर्षासँगै आएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । उद्धारकर्मीहरुले जमिनमा माटोमा पुरिएको अवस्थामा एक जना ३७ वर्षीय पुरुषको शव भेटिएपछि ज्यान गुमाउनेको संख्या ४२ पुगेको हो ।
उद्धारकर्मीका अनुसार पहिरोमा अन्य ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै सुरु भएको पहिरोले बगाएको थियो । गत सातादेखिनै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् । (एजेन्सी)

Next Post

कोरोनाबाट जोगिने सचेतनामुलक अभियानमा जुट्न लायन्सकर्मीलाई पूर्व डिस्टिक गभर्नरद्वयको अपिल (भिडियो सहित )

२६ फाल्गुन २०७६, सोमबार १५:५३
सदरलाइनडटकम, नेपालगञ्ज : समाजसेवामा अग्रणी संस्था लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का पूर्व गभर्नरहरुले सम्पूण लायन्सकर्मीहरुलाई विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भईरसको संक्रमणबाट जोगिनको लागि आ–आफ्नो स्थानबाट सचेतनामुलक अभियान थाल्न आग्रह गरेका छन् । क्लवका संस्थापक डिस्टिक गभर्नर शेम शाक्यले फागुपूर्णिमा तथा होलीको शुभकामना दिदै डिस्टिकमा आवद्ध सबै लयान्सकर्मीलाई […]