खानेपानीका प्राविधिक घुससहित पक्राउ

९ फाल्गुन २०७६, शुक्रबार १५:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : सुर्खेतस्थित खानेपानी तथा सरसफाईका एक जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।
भेरीगंगा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाई प्राविधिक चित्रबहादुर केसी दुई लाख घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले प्राविधिक केसीलाई घुससहित पक्राउ गरेको हो ।
आयोगका अनुसार प्राविधिक केसीले नगरपालिकको वडा नं. ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । केसीलाई घुससहित बिहीवार बेलुका पक्राउ गरिए पनि अनुसन्धान बाँकी रहेकाले शुक्रवार सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

Next Post

आर्थिक विकास पर्यटनसँग जोडिएको छ : मुख्यमन्त्री पोखरेल

९ फाल्गुन २०७६, शुक्रबार १५:५२
सदरलाइनडटकम, दाङ : मुख्यमन्त्री शंखर पोखरेलले सामाजिक र आर्थिक विकास पर्यटनसंग जोडिएको बताएका छन् । शिवरात्रीका अवसरमा पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले शुक्रवार धारापानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पर्यटन क्षेत्रनै आर्थिक सामाजिक विकासको आधार भएको बताए । धारापानि धाम विश्वकै आकर्षणको केन्द्र बन्न सक्ने भन्दै उनले यसको विकासमा प्रदेश […]