पत्रकामाथि आक्रमण गर्नेलाई कारवाहीको माग

१९ माघ २०७६, आईतवार १८:५७
 

सदरलाइनडटकम,
नेपालञ्ज डेस्क : दाङका पत्रकार गोकर्ण पौडेलमाथि हातपात गर्नेलाई कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिले माग गरेको छ । आईतवार विज्ञप्ती जारी गर्दै प्रदेश समितिले घटनाको घोर भत्र्सना समेत गरेको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश ५ ििसमतका महासचिव भेषराज बस्नेतद्धारा जारी विज्ञप्तीमा आक्रमणकारीलाई कानुनी दायरामा ल्याउन र पिडित पत्रकारलाई उचित क्षतीपुर्तिको ब्यवस्था मिलाउन माग गरिएको छ । आगामी दिनमा यस्ता घटना दोहोरीन नदिन विज्ञप्तीमार्फत सम्वद्धपक्षको ध्यानाकर्षणसमेत गराईएको छ ।
गोरखापत्र दैनिकका तुलसीपुर सम्वाददाता पौडेलमाथि शनिवार कुटपिट गरिएको थियो । नेपाल पत्रकार महासंघ दाङका सहसचिव पौडेलमाथि बबई गाउँपालिकाको रेडियो हापुरे नजिक सोही ठाउँका स्थानीय मोहन भण्डारी र सागर सुनारले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो ।
रेडियोवाट निस्केर कोठामा जाने क्रममा एक्कासी आएर उनीहरुले पौडेलमाथि कुटपिट गरेका थिए । कुटपिट गर्ने दुबैजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

Next Post

कुशल ईन्जिनियर बन्ने सपना बोकेकी सारदा

१९ माघ २०७६, आईतवार १८:५७
‘मिस मिडवेष्ट’ को सातौ संस्करण बाँकेको नेपालगञ्जमा सन्चालन भईरहेको छ । ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित यसै संस्करणका प्रतियोगि हुन रुकुम घर भई हाल नेपालगञ्ज उप–महानगरपालिका निवासी शारदा बुढा । ईलेक्ट्रिकल ईन्जिनियरमा डिप्लोमा सकेर बसेकी बुढा प्रतियोगी नं.१ बाट परिचित छिन् । उनका बारेमा जानकारी गराउने उद्देश्यले उनीसंग भेटेर गरिएको […]