तराईको मौसम विस्तारै खुल्ने क्रममा

१२ माघ २०७६, आईतवार १६:४८
 

सदरलाइनडटकम,
काठमाण्डौ : काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको मौसम अहिले आशिंक बदली भएको छ । मौसम बदली भए पनि काठमाण्डौसहित मध्य र पश्चिममा आइतबार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर पूर्वी पहाडी भेगको एक, दुई ठाउँमा हल्का पानी र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । आइतवार पहाडी भेगको मौसम दिनभरिनै खुल्दै–बादल लाग्ने उनले बताए ।
यसैगरी बिहानभरि हुस्सु र कुहिरो लागेको तराईको मौसम बिस्तारै खुल्ने क्रममा छ । सबैतिरको कुहिरो बिस्तारै हटे पनि आइतवार राम्रोसँग घाम नलाग्दा चिसो भने यथावत् रहने मौसमविद् पौडेलले जानकारी दिए ।

Next Post

अपांङगता भएकालाई नेपालगञ्जकी उपमेयरको सहयोग

१२ माघ २०७६, आईतवार १६:४८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापाले आफ्नो व्यक्तिगत प्रयासबाट अपांङगता भएकाहरुलाई न्यानो लुगा र पिफम सहयोग गरेकी छन् । उपमेयर थापामगरका भाई बेग थापामगर र बहिनी एञ्जिला सिंजालीको सहयोगमा अपांङग सशक्तिकरण एंव संचार केन्द्र (डेक, नेपाल) ले बानियाभारमा संचालन गरेको सिपि सेन्टरका ९ जना अपांङगता भएकाहरुलाई ट्रयाकसुट र […]