सशस्त्र प्रहरीमा रिक्त डिआईजीका लागि चलखेल सुरु, शक्तिकेन्द्र धाउनेको लर्को

९ माघ २०७६, बिहीबार १४:३४
 

सदरलाइनडटकम,
काठमाण्डौं :  नेपाली सुरक्षा निकाय मध्येको सशस्त्र प्रहरी बलमा हालै पाँच सशस्त्र प्रहरी नायव महानिरिक्षक (डीआईजी) पद रिक्त भए लगत्तै एसएसपीहरू आफ्नो बढुवाको लागि शक्ति केन्द्रको दौडधुपमा लागेका छन् ।

६ जना डीआईजी अवकाश भए पनि पाँच जनाको मात्रै पद रिक्त भएको हो । भ्रष्टाचार काण्डमा निलम्बनमा परेका डीआईजी अरविन्द धिताल विशेष पदमा रहेका कारण उनको अवकाशसँगै सो पद स्वतः खारेजीमा परेपछि पाँचजना मात्रैका लागि पद रिक्त भएको हो ।

पाँचवटा डीआईजी पद रिक्त भएसँगै वरिष्ठ एसएसपीहरू आफ्नो बढुवाको लागि शक्तिकेन्द्रको दौडमा लागेका छन् । यसअघि रामप्रकाश श्रेष्ठ, राजुराम सुवाल, वसन्तकुमार बानिया, सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरविन्द धिताल उमेर हद, सेवा अवधी तथा पदावधिका कारण अवकाश भएका छन् ।

उनीहरूमध्ये श्रेष्ठ एक वर्ष पदावधि थपेर आईजी शैलेन्द्र खनाल बिदा भएपछि आईजी बन्ने दाउमा थिए । व्यक्तिका स्वार्थ र महत्वकांक्षाका कारण नियमावली परिवर्तन गर्न नसक्ने गृह मन्त्रालयको अडानपछि ती डीआईजीहरू हिस्स भएर घर गएका छन् । एक वर्षे म्याद थप गर्न अनेक प्रयत्नहरू भए पनि उनीहरूको केही लागेन ।

अहिले सशस्त्रमा पाँच डीआईजीका पद रिक्त भएसँगै बढुवाको चलखेल सुरु थालेको छ । सशस्त्र प्रहरीका एसएसपीहरूको वरिष्ठताको नामावली हेर्ने हो भने भरत श्रेष्ठ पहिलो नम्बरमा छन् । तर, उनको शैक्षिक योग्यता आईए पासमात्रै भएका कारण उनको बढुवा हुने सम्भावना छैन । यसअघि पनि आईएस्सीमात्रै पढेका कारण सञ्जय राणा बढुवा हुनबाट रोकिएका थिए ।


न्यूनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने शैक्षिक योग्यताको प्रावधानको कारणले पनि राणा बढुवा हुन सकेका थिएनन् । त्यसैले, उनी प्रतिस्पर्धामा नै आउँदैनन् भने त्यसपछिका एसएसपीहरूमा हरिशंकर बुढाथोकी, कृष्णभक्त बह्माचार्य, राजेन्द्र बस्नेत, हरिश्चन्द्र अधिकारी, वंशीधर दाहाल र किशोर प्रधानलगायत रहेका छन् ।
हरिशंकर बुढाथोकी शमशेरगन्ज काण्डले चर्चित छन् । उनकै पालामा कमसल रासन खुवाएको भन्दै सशस्त्र प्रहरीले पहिलोपटक विद्रोह गरेका थिए । त्यतिबेला उनी कारबाहीमा समेत परेका थिए ।

यता किशोर प्रधान प्राविधिक फाँटका हुन् । प्रधानलाई पूर्वआईजीपी साथ रहेको बताइन्छ । वंशीधर दाहाल पनि यसअघि विभिन्न काण्डमा जोडिएका विवादास्पद अधिकृत हुन् भने हरिश्चन्द्र अधिकारी अहिले एपिएफ अस्पतालको प्रशासन प्रमुखका रूपमा कार्यरत छन् । त्यस्तै अघिल्लो समूहभन्दा केही पछिको र व्यावसायिक रूपमा दक्ष भएको समूह पनि पालो उछिनेछ डीआईजी हुन दौडधुपमा लागेका छन् ।

दोस्रो समूहमा रहेका एसएसपीहरूमा अभिकुमार खत्री, शम्भु सुवेदी, गणेश ठाडा मगर, दुर्गाप्रसाद भट्टराई, कमल गिरी र राजेन्द्र शाक्यलगायत रहेका छन् । केही दिनमा नै सशस्त्र मुख्यालयले बढुवाको आह्वान गर्ने सूचना निकाल्ने तयारीसमेत गरेको थाहा भएको छ ।

२०५४ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका शम्भु सुवेदी २०६८ सालमा डिएसपी, २०६३ सालमा एस्पी हुंदासम्म आफ्ना ब्याजका साथीहरु बिच ब्यावसयायीक रुपमा अब्ब्ल रहदै आएका अधिकृत हुन । तर २०७१ र २०७२ सालमा एसएसपीमा बढुवा हुँदा तत्कालका आईजिपी कोशराज वन्तले पूर्वाग्रही व्यवहार गर्दै अब्बल हुँदा हुँदै सुवेदीलाई बढुवा नगरी छुटाएर जुनियर रहेका प्राविधिक समुहका नातेदार किशोर प्रधान सहितकालाई बढुवा गर्दै पछाडि पारेका थिए ।

२०७३ सालमा सुवेदी भन्दा २ ब्याज जुनियरहरुको समुहमा दोश्रो नम्बरमा बढुवा एसएसपी दिइयो भने उनका ब्याजकाहरुलाई डिआईजी बनाइयो । यसरी एउटा ब्यावसायीक  अनि  योग्य  अधिकृतलाई पटक–पटक कोपभाजनमा पारीएको दृष्टान्तले सशस्त्र प्रहरी जस्तो जिम्मेवार सुरक्षा निकाय भित्रको घिनलाग्दो गतिबिधी छर्लङ्ग हुन्छ ।
अहिले फेरी सशस्त्र प्रहरी बल भित्र डिआईजी बढुवाको चर्चा चली रंहदा आफु निकट अनि बिभिन्न काण्डमा मुछीएकाहरुलाई अघी ल्याउने अनि सुवेदी जस्तै ब्यावसायीक तथा योग्य अधिकृतहरुलाई पाखा लगाउने चलखेल नहोला भन्न सकिन्न् । सुवेदी आफ्ना समकक्षीहरु मध्ये नेपाली सेनामा जर्नेल हुनको लागि चाहिने सैनिक कमाण्ड तथा स्टाफ कलेज आर्मी कमाण्ड एण्ड स्टफ कलेज पास गरी पिएससी डिग्री प्राप्त गर्ने एक मात्र अधिकृत हुन ।

Next Post

कोहलपुरको बिभिएम स्कुलमा निःशूल्क स्वास्थ्य शिविर

९ माघ २०७६, बिहीबार १४:३४
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको बिभिएम.सेकेन्डरी स्कुलमा माघ १० गते शुक्रबार निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालगन्जको कृष्ण मेडिकल हलको आयोजनामा हुने निःशूल्क स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पुरा भएको सो शिविरका संयोजक उत्सव मगरले जानकारी दिए । सो शिविरमा प्रसुती तथा महिलाहरुमा हुने विभिन्न खाले संक्रमण […]