भोली र पर्सी चिसो बढ्ने सम्भावना

१५ पुष २०७६, मंगलवार १६:४२
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको जम्मु–कश्मीरमा विकसित पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सरेको छ । मंगलवार रातीसम्म यो प्रणाली नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यो मौसम प्रणालीका कारण आज रातीदेखिनै देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र बर्षा हुने सम्भावना छ ।
हिमपात र पानी परेपछि देशका अधिकांश स्थानमा चिसोसमेत बढ्नेछ । यही मौसम प्रणालीका कारण बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी र पुर्वी पहाडी भू–भागमा हल्का बर्षाको संभाबना रहेको छ ।
यस्तै, उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र बर्षा हुने तथा राती उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
बिहीवार दिउँसो उच्च पहाडि र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपातको संभावना रहेको छ । सोही राती उच्च पहाडी र हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको हुने महाशाखाले जनाएको छ ।

Next Post

ठूलो परिमाणको सुनसहित एकजना पक्राउ

१५ पुष २०७६, मंगलवार १६:४२
सदरलाइनडटकम, कैलाली : धनगढीबाट दुई किलो चार सय ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनगढी बसपार्कबाट दुई किलो ४ सय ग्राम सुन समातिएको भएपनि प्रहरीले नाम खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदिप गिरीका अनुसार घटनामा थप व्यक्ति पनि संलग्न रहेको खुल्न आएकाले तत्काल सूचना […]