शीतलहरसँगै नेपालगञ्जमा चिसो बढ्यो

१ पुष २०७६, मंगलवार १६:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ । मंगलवार बिहानदेखि बाक्लो हुस्सु लागेकोले अत्याधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन प्रभावित भएको छ ।
शीतलहरसँगै बढेको चिसोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, शिक्षकलगायत मजदुर बढी प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् ।

Next Post

पाकिस्तानी पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड

१ पुष २०७६, मंगलवार १६:४१
सदरलाइनडटकम, काठमाण्डौ : देशद्रोहको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैन्य शासक परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफलाई पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा विशेष अदालतका तीन सदस्यीय इजलासले मंगलवार मृत्युदण्डको सजाय सुनाएको हो । उनले सन १९९९ मा नवाज शरिफ प्रधानमन्त्री भएका […]