सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुई वटा महाअभियोग लगाइने भएको छ । अमेरिकी संसदको महाअभियोग छानविन समितिले राष्ट्रपति ट्रम्पविरुद्ध दुईवटा महाअभियोगको आरोपलाई अनुमोदन गरेको छ ।
समितिले अनुमोदन गरेसँगै उक्त प्रस्तावलाई पूर्ण मतदाका लागि सदनमा पेश गर्ने बाटो खुलेको हो । उक्त प्रस्ताव संसदको तल्लो सदनमा अर्को हप्ता मतदान हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।
अमेरिकी इतिहासमा महाअभियोगको सामना गर्ने ट्रम्प चौथो राष्ट्रपति बन्नु भएको छ । राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेर युक्रेनमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो विडेनविरुद्ध छानविन गर्न दवाव दिएको आरोप लगाइएको छ । अमेरिकामा विदेशीको सहयोगमा चुनावी प्रतिष्पर्धा गर्नु गैरकानुनी मानिन्छ । (एजेन्सी)
Next Post
किशोर किशोरीका लागि आयोजित तीनदिने उद्घोषण तालिम समापन
२८ मंसिर २०७६, शनिबार १६:२७
सम्बन्धित
-
३० चैत्र २०७५, शनिबार १७:०९
ब्राउनसुगरसहित कोहलपुरमा दुई गिरफतार
-
३० जेष्ठ २०७४, मंगलवार १९:०५
महिला उम्मेदवारबीच निर्वाचन सम्बन्धी अनुभव साटासाट कार्यक्रम
-
१० माघ २०७६, शुक्रबार २०:१९
नरैनापुरमा अन्तर विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप सुरु
-
१० कार्तिक २०८०, शुक्रबार १२:४२
टीका लगाउने र आशीर्वाद थाप्ने क्रम शुक्रवार पनि जारी
-
१ पुष २०८०, आईतवार १४:५०
दाङमा दुई पक्षबीच वार्ता : शव बुझ्न परिवारजन सहमत
-
१५ बैशाख २०७६, आईतवार ०६:५७
आफ्नो स्वार्थको लागि सामाजिक खलल नपुराउ : मन्त्री राई