लैगिक हिंसाविरुद्ध नरैनापुरमा र्याली

१६ मंसिर २०७६, सोमबार १६:०२
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत् सोमवार मटेहियामा र्याली निकालिएको छ । मटेहिया चोकबाट शुरु भएको वडा नम्बर ५ र ६ को संयुक्त र्याली महेन्द्र मावि हुँदै गाउँ परिक्रम गरेर पुनः मटेहिया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले महिलामाथि हुने हिंसा अन्त्यका लागि सबै गम्भीर हुनुपर्ने बताए । लिंगका आधारमा हुने विभेद अन्त्य नहुँदा समतामूलक समाज निर्माण हुन नसक्ने बताउँदै अध्यक्ष शाहले महिलालाई शिक्षित बनाउन आवश्यक रहेको बताए ।
उपाध्यक्ष जयन्तिदेबी श्रीवास्तबले लैंगिक विभेद अन्त्यका लागि यस्ता अभियान १६ दिन मात्रै नभएर निरन्तर चलिरहनुपर्ने आवश्यकता औंल्याइन् । महिला भएकै कारण हुने विभेद अन्त्यका लागि शिक्षित र सभ्य समाज निर्माण जरुरी रहेको उनको भनाई थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बालविवाहले हिंसा बढाएको बताउँदै बालविवाह कानुनले बर्जित गरेकाले बालबालिकाको शिक्षादिक्षामा अभिभावकहरुले ध्यान केन्द्रित गर्नुपर्ने बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक मान बहादुर विसी र नेपालगञ्ज उद्योग बाणिज्य संघकी उपमहासचिव ताराकुमारी खत्री रोकायलगायतले मन्तब्य राखेका थिए ।

Next Post

‘साग’ पदकतालिकामा नेपाल शीर्ष स्थानमा

१६ मंसिर २०७६, सोमबार १६:०२
सदरलाइनडटकम, काठमाण्डौ : १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १० वटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ५, तेक्वान्दोमा ४ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ । नेपालले दुईवटा रजतपदक पनि हासिल गरेको छ । त्यसैगरी, भारतले ट्रायथलनमा, पाकिस्तानले करातेमा, श्रीलंकाले तेक्वान्दोमा […]