उद्धव ठाकरे बिहीवार महाराष्ट्र मुख्यमन्त्रीको शपथ लिँदै

११ मंसिर २०७६, बुधबार १६:५५
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको महाराष्ट्रमा देखिएको राजनीतिक उथलपुथलपछि अब शिव सेना प्रमुख उद्धव ठाकरेले त्यहाँको मुख्यमन्त्री बन्ने भएका छन् । यसअघि भाजपाका देवेन्द्र फडरवीसले गरेको चुनावी गठबन्धनले विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि उनले राजीनामा दिएका थिए । ठाकरेले भोली बिहीवार सपथ लिने तयारी भइरहेको छ ।
ठाकरेले त्यहाँको नेशनल कांग्रेस (एनसीपी) र भारतीय कांग्रेससँग मिलेर सरकार गठन गर्न लागेका हुन् । उद्धव ठाकरेसँग दुई जना उपमुख्यमन्त्रीले शपथ लिन सक्ने जनाइएको छ । जसमा शिव सेना एनसीपी र कांग्रेसका पाँचपाँच जना मन्त्रीसमेत सामेल हुने छन् । भारतीय संचारमाध्यमहरुका अनुसार उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउन एनसीपी प्रमुख शर पवारको घरमा बैठक बसेको थियो ।
उद्धव ठाकरेको सपथ ग्रहण समारोहमा ममता बनर्जी, अरविन्द केजरीवाल, अशोक गहलोत, अखिलेश यादवसमेत भाजपाका विरोधी खेमाका नेताहरुलाई निमन्त्रणा दिने तयारी भएको छ । यसका साथै महाराष्ट्र नवनिर्माण सेनाका प्रमुख राज ठाकरेलाई पनि बोलाइने भएको छ । मंगलवार देवेन्द्र फडणवीस र अजित पवारले राजीनामा दिएपछि महाराष्ट्रमा अर्को गठबन्धनले सरकार गठन गर्न लागेको हो । शिवसेना–एनसीप–कांग्रेस गठबन्धन बनेपछि त्यहाँका राज्यपाल भगत सिंह कोश्यारीले महाराष्ट्र विधानसभाको विशेष सत्र आह्वान गरेका छन् ।
यसअघि शिव सेनासँग मिलेर सरकार गठनको तयारी भइरहेका बेला भाजपा संसदीय दलका प्रमुख एवम् पूर्व मुख्यमन्त्री फडणवीसले एनसीपीका अजित पवारसँग मिलेर सरकार गठन गरेका थिए । अजितलाई उनले उपमुख्यमन्त्रीको जिम्मेवारी दिएका थिए । यद्यपी अजितको एनसीपी पार्टीले यसमा कडा आपत्ति जनाएको थियो । पछि फडणवीस अल्पमतमा परेपछि मंगलवार राजीनामा दिएका हुन् । (एजेन्सी)

Next Post

राजनीतिक बिद्रोहले बिलयको स्थिति : मुख्यमन्त्री

११ मंसिर २०७६, बुधबार १६:५५
सदरलाइनडटकम, दाङ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवम् मुख्यमन्त्री शंकर पोख्रेलले राजनीति बिद्रोहले विलयको स्थितिआउने बताएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १६ को चुनावी सभालाई सम्बोधन गर्दै पोख्रेलले पार्टी अनुशासन विपरीत जाने जो कोहीको राजनीति बिलयको अवस्थामा पुग्ने बताएका हुन् । पार्टीले कपासीबगियामा बुधवार आयोजना गरेको […]