नेपालगञ्जमा पनि सोह्र दिने अभियान मनाईंदै

९ मंसिर २०७६, सोमबार १७:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा र्याली प्रदर्शन गर्दै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको शुभारम्भ गरिएको छ । समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यवद्धता भन्ने मुल नाराका साथ १६ दिने अभियानको सुभारम्भ गरिएको हो । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान नगर स्तरीय मुल समारोह समिति र नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको आयोजनामा सोमवार उपमहानगरपालिका कार्यालयबाट शुरु भएको प्रदर्शन, त्रिभुवन चोक, सहिद सेतु विक चोक हुँदै धम्बोझी चोकमा पुगेर समापन भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले लैङ्गिक हिंसा ठुलो समस्याको रुपमा रहेको भन्दै यसको अन्त्यका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन् । उपमेयर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वली, नेपालगञ्जकी महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, राष्ट्रिय मानव अधिकार आयोगका द्वारिका अधिकारी, माईती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइराला लगायतले मन्तव्य व्यक्त गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि सामुहिक प्रयास आवश्यक पर्ने बताए ।
कार्यक्रममा चेतनामुलक सडक नाटकसँगै सेतो रिवन वितरण र प्रतिवद्धताका लागि हस्ताक्षरसमेत गरिएको छ । अभियानअन्तर्गत घरदैलो अभियान र सेतो रिवन वितरण गर्ने, रेडियो संवाद गर्ने, बालगृह, सुधार गृह र कारागार अनुगमन गर्ने, अन्तरक्रिया गर्ने, विद्यालयमा अभिमुखिकरण लगायतका कार्यक्रम सञ्चालन गर्ने महिला तथा बालबालिका शाखा प्रमुख शाहले जानकारी दिइन् । अन्तिम दिन मंसिर २४ गते अन्तरक्रिया गरिनेछ ।

Next Post

‘राष्ट्रियताको सन्दर्भमा बिभाजित हुनु गलत’

९ मंसिर २०७६, सोमबार १७:५०
सदरलाइनडटकम, दाङ : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राष्ट्रियताको सन्दर्भमा सबै राजनीतिक दलहरु एक हुनुपर्ने बताएका छन् । प्रेस संगठन दाङले सोमवार तुलसीपुरमा गरेको पत्रकार भेटघाटमा उनले अहिले भारतले सीमा मिचेर सार्बजनिक गरेको नक्साका सन्दर्भमा सरकारले कुटनीतिक नोट पठाएको भन्दै यसमा राजनीतिक दल बिभाजित हुनु गलत भएको जिकिर […]