२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

‘छोरीलाई सामाजिक पिंजडाबाट निकाल्न आवश्यक’



सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक बन्धनको पिंजडाबाट छोरीहरुलाई बाहिर ननिकालिँदासम्म समाजमा लैङिगक हिंसा न्युनिकरण हुन नसक्ने बताएका छन् । लैगिक हिंसा समाजको मनोबैज्ञानिक पिंजडा भएकाले यसलाई तोडेर समतामुलक समाज निर्माण गर्न सबैको सोच र सामाजिक चिन्तन हट्नुपर्ने उनले बताए ।
महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा आइतवार बुटवलमा सम्पन्न लैङिगक हिंसाबिरुद्धको बर्ष अभियान २०७६/०७७ लैङिगक हिंसा अन्त्यका लागी सरोकारवाला निकायको जिम्मेवारी,भुमिका,र प्रतिवद्धता बिषयक प्रदेशस्तरीय अभियानमा बोल्दै उनले यस्तो बताएका हुन् ।
महिलाले गरेका कामलाई समाजले स्थापित गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले कतिपय धर्म सस्कृतिको प्रहारले पनि महिला हिंसा वा लैङिगक हिंसा खेप्नुपरेको बताए । उनले महिलाहरु साच्चिकै समाज परिबर्तनका लागी होमिनुपर्ने बेला आएको बताए ।

प्रकाशित मिति : २०७६ मंसिर १ गते आइतबार
ताजा समाचार