सोह्र वर्षमै बिहेको माग गर्दै नेपालगञ्जमा जुलुश

११ भाद्र २०७६, बुधबार १७:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : १६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग गर्दै नेपालगञ्जमा जुलुश निकालिएको छ । बाँकेको जानकी गाउँपालिका–५ कैलासीका रामदेव मिश्रको अगुवाइमा बुधवार नेपालगञ्जको धम्बोझी चोकबाट जुलुश निस्केको हो ।
उनीहरुले १६ वर्षमा सन्तानको बिहे गर्न पाउनुपर्ने माग राख्दै नगर परिक्रमा गरेका हुन् । जुलुशमा महिलाहरु नाबालक सन्तानसहित आएका थिए । उनीहरुले नगर परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका थिए । जुलुशका अगुवा मिश्रले भने, ‘हामीले जिल्ला प्रशासन, नेपालगञ्ज उपमहानगरपालिका, जानकी र डुडुवा गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थियौं ।
हाम्रो मागबारे सरकार किन मौन छ भनेर थप दवाव दिन जुलुस निकालेका हौं ।’ मधेशी समुदायले १६ वर्षमा बिहे गरेपनि ३ वर्षपछि गौना र त्यसको थप एक वर्षपछि थौना गरेपछि मात्र बेहुली केटाको घरमा जाने चलन छ ।

Next Post

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

११ भाद्र २०७६, बुधबार १७:५४
सदरलाइनडटकम, दाङ : दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानले बुधवार प्रतिष्ठानको प्रशासनिक कार्यालयमा तालाबन्दी गरेको हो । प्रतिष्ठानमा उत्पन्न सम्पूर्ण समस्याको जड प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीनै भएको निष्कर्षसहित समिति आन्दोलित हुँदै आएको भन्दै संयोजक विकिरण गौतमले उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेको […]