सदरलाइनडटकम,
नेपालगञ्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे शुक्रवार नेपालगञ्जमा मिडिया कार्यशाला गरिएको छ । बाँकेमा पहिलो हुन लागेको खेल महोत्सवलाई सफल, मर्यादित बनाउन पत्रकारहरुबीच मिडिया कार्यशाला गरिएको हो ।
खेल महोत्सवको प्रचार प्रसार, पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, आम दर्शकको हुने धारणा, समाचार संकलनलगायतका बिषयमा कार्यशालामा छलफल गरिएको छ । कार्यशालमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसारका निम्ति छुट्याईएको रकमको सदुपयोग गर्नेबारे समेत जानकारी गराएको छ ।
कार्यशालालाई खेल पत्रकार तथा कान्तिपुरमा कार्यरत पवन आचार्यले सहजीकरण गरेका थिए । कार्यशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार समितिका संयाजक रोहित दाहाल, सदस्य टिएस ठकुरी र सचिव कुमार बस्नेतले समेत प्रतियोगिताबारे धारणा राखे ।
Next Post
हक्कीमा नेपाल प्रहरी विजयी
२९ चैत्र २०७५, शुक्रबार १३:४३
सम्बन्धित
-
१२ श्रावण २०८०, शुक्रबार १४:१०
भेरी अस्पतालले मनायो १३३औं बार्षिकोत्सव
-
१४ श्रावण २०७४, शनिबार १९:२१
बाघ दिवसमा फोटो प्रदर्शनीले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने दावी
-
१ फाल्गुन २०७९, सोमबार १३:१८
विश्व रेडियो दिवस : आर्थिक सङ्कटको असर रेडियोमा पनि
-
२९ चैत्र २०७५, शुक्रबार १९:०१
नेपालगञ्जका किशोरीलाई आत्मनिर्भर बनाईंदै
-
१४ आश्विन २०७३, शुक्रबार १२:५९
अञ्चल प्रहरी कार्यालयको पर्व विशेष कार्ययोजना, ‘जुवाडेलाई उन्मुक्ति छैन्’
-
२० फाल्गुन २०७७, बिहीबार १८:००
सेना दिवसको अवसरमा ‘रन फर फन’ कार्यक्रम गरिदै