नेपालगञ्ज रंगशालामा प्याराफिट जडान शुरु

१२ चैत्र २०७५, मंगलवार १६:०६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बहुप्रतिक्षित भिआइपि प्याराफिट जडानको काम मंगलवारबाट शुरु भएको छ । सोमवार बेलुका नेपालगञ्ज रङ्गशालामा आइपुगेको उक्त प्याराफिट एकहप्ता भित्र निर्माण सम्पन्न गर्ने गरी जडानको काम भइरहेको छ ।
चाइनाबाट सिंगापुर, मलेशिया, भारत हुँदै नेपालगञ्ज रंगशाला आइपुगेको भिआइपि प्याराफिट जडानको काम चाइनिज इन्जिनियरले गरिरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । डिजाइन अनुसार, चाइनिज इन्जिनियरले भिआइपी प्याराफिट जडानको काम गरिरहेको बताउँदै उनले छिटो काम सक्न रातदिन काम गर्ने बताए ।
रंगशालामै खटिएका सदस्य सचिव विष्टले भिआइपी प्याराफिट निर्माणमा चाहिने आवश्यक जनशक्ति र सामग्री इन्जिनियरलाई उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिएका छन् । राखेपका सदस्य सचिव केशवकुमार विष्टले एक हप्ताभित्र जडान सक्ने चाइनिज इन्जिनियरले बचन दिएको बताए । केही दिन रुपईडिहा भन्सारमा रोकिएको भिआइपी प्याराफिटको सामान लिएर आएका आधा दर्जन गाडी सोमवार राती नेपालगञ्ज रंगशाला प्रवेश गरेका थिए ।
आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन हुने नेपालगञ्ज रंगशालामा भिआइपी प्याराफिट निर्माण ढिलाईले आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोक्न ढिलाई भएको छ । दुई वर्षमै राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सदस्य सचिव विष्टसँगै प्रदेश नं. ५ का खेलप्रेमीहरु चैत्र महिनामै आठौँको उद्घाटन गर्ने तयारीमा छन् । चैत्रको अन्तिममा भएपनि आठाँैको उद्घाटन गर्ने राखेपको योजना छ ।
चैत्र २७ गते राष्ट्रपतिबाट औपचारिकरुपमा उद्घाटन हुने आठौँको टिम गेम २२ गतेदेखि गर्ने राखेपको तयारी छ । अहिले सवा अर्ब बढीको पूर्वाधार बनेको छ । आठांैले नेपालगञ्जलाई पूर्वाधारयुक्त शहर बनाइदिएकोमा नेपालगञ्जबासी खुशी भएका छन् ।

Next Post

असिनाका कारण डोटीका किसान चिन्तित

१२ चैत्र २०७५, मंगलवार १६:०६
सदरलाइनडटकम, डोटी : डोटीका विभिन्न ठाउँमा परेको असिनाले गहुँ, तोरी तथा तरकारीवालीमा नोक्सानी गरेको छ । सोमवार साँझ परेको असिनाले डोटीका बडिकेदार, बोगटान, जोरायल, केआईसिंह, सायल, पूर्विचौकी लगायतका गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकाका सयौँ रोपनी खेतमा लगाइएको गहुँ खेती, तोरीबाली तथा तरकारीलगायत अन्य बालीमा नोक्सानी पुर्याएको सायल गाउँपालिकाका स्थानीय माधब […]

सम्बन्धित