नेपालगञ्जको बेलासपुर ‘स्र्माट कृषि गाउँ’

१८ फाल्गुन २०७५, शनिबार १९:०२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ बेलासपुर र ईन्द्रपुरको करमोहनालाई स्र्माट कृषि गाउँ बनाइने भएको छ । बाँकेमा ६ वटा स्र्माट कृषि गाउँ बनाउने अभियान अन्तर्गत यी दुई गाउलाई स्र्माट कृषि गाउँ बनाउन लागिएको हो ।
प्रदेश नम्बर ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक कार्यक्रमकाबीच स्र्माट कृषि गाउँ बनाउने घोषणा सहित केराको बोट रोपेर शुभारम्भ गरीन ।
स्मार्ट कृषि गाउले प्रमुख बालीका रुपमा बसन्ते मकै र तरकारी खेतीलाई प्राथमिकता दिइएको छ । यो गाउले प्रदेश सरकारबाट ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने स्थानीय किसानले १० लाख लगानि गर्नुपर्ने छ ।
मन्त्री पौडेलले स्र्माट कृषि गाउँमा जमिन बाँझो राख्न नपाइने बताउदै स्मार्ट कृषि गाउँ निर्माणका लागि दुई जना प्राविधिक स्मार्ट सिचाई, स्मार्ट वजार, स्मार्ट प्रविधि, स्मार्ट खाध्य व्यवस्थापन, लगाएत समेटेर गाउँलाई नै कृषिमा स्मार्ट बनाइने मन्त्रालयको योजना बताइन ।
बाँके र बर्दियामा मात्रै १० वटा स्मार्ट कृषि गाउँ बनाउने गरी काम तिव्र रुपमा अघि बढाइएको र हालसम्म बेलासपुर र करमोहना समेत गरी ६ वटा गाउँको सुभारम्भ समेत गरी सकिएको ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले जानकारी दिए ।
यस स्र्माट कृषि गाउँमा प्रमुख बालीका रुपमा बसन्ते मकै र तरकारी खेती गरीने छ । ५७ विगाह क्षेत्रफल रहने गाउँमा ७० घरधुरी किसानहरुले सेवा लिन पाउने छन । स्मार्ट कृषि गाउँमा तिन सिजनमा नै खेती गरीने भएको छ ।
स्मार्ट कृषि गाउँको शुभारम्भ समारोहमा प्रदेश नम्बर ५ का सांसद सुरेन्द्र हमाल, नेपालगन्ज उप महानगरपालिकाका मेयर डा.धवल सम्सेर राणा, १२ नम्बर वटा कार्यालयका वडाध्यक्ष बुद्धिसागर सुवेदी, नेकपाका डम्बर सुवेदी, नेपाली काग्रेस बाँकेका सभापति किरण कोइराला लगाएतले नगर क्षेत्रमा बन्न लागेको स्मार्ट कृषि गाउँको सफलताको शुभकामना दिएका थिए ।  

Next Post

भिजन आँखा अस्पतालद्वारा एकदिने निशुल्क आँखा शिविर

१८ फाल्गुन २०७५, शनिबार १९:०२
सदरलाइनडटकम, जानकी (बाँके) : भिजन आँखा अस्पताल प्रालि नेपालगञ्जले बाँकेको जानकी गाउपालिका वडा नं.१ संगको सहकार्यमा एकदिने निशुल्क आँखा शिविर आयोजना गरेको छ । स्थानीय समाजसेवी ईन्द्रबहादुर थापाको पहलमा वडा अध्यक्ष मोहम्मद रजा राईको सहयोगमा भिजन आँखा अस्पतालका प्रमुख डा. प्रचण्ड गौतमको टिमले सो वडाका स्थानीय बासिन्दाको निशुल्क आँखा जाच […]

सम्बन्धित