आईडियल पब्लिक मावि सेमिफाईनलमा

२८ माघ २०७५, सोमबार १८:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगन्जमा जारी दोस्रो मेयरकप टी–२०अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा आईडियल पब्लिक माविले युनाईटेड एकेडेमी माथि ११० रनले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको आईडियल पब्लिकको राम्रो सुरुवात नरहे पनि पछिल्ला क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्दै १८७ रन बनाएका थिए ।
प्रतियोगिताको दोस्रो उच्चस्कोर बनाउनका लागि आईडियल पब्लिकका कप्तान २० बल खेल्दै ४६ रन बनाउदा, सैफ अलि सेखले ३८, विकास साहुले ३७ रन र फरदिन खानले २८ रन बनाएका थिए भने युनाईटेड एकेडेमीका लागि समिर रानाले २ विकेट लिएका थिए ।
१८८ रनको लक्ष्य लिएर मैदानमा उत्रेको युनाईटेड एकेडेमी १४.५ ओभरमा अल आउट हुदै ७७ रनमा समेटिएको थियो । युनाईटेड एकेडेमीका लागि समिर रानाले १७ तथा प्रेम सुनारले १३ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।
आईडियलका लागि उत्कृष्ट बलिंग गर्दै मकबुल राई तथा समिर शाहले समान ४–४ विकेट लिएका थिए । त्यस्तै दानिष खानको नाममा २ विकेट रहयो । आईडियल पब्लिकका लागि ४ विकेट लिएका समिर शाह म्यान अफ द म्याच घोषित भए ।
बांँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन रहेको सो प्रतियोगिता नेपाल क्रिकेट संघका उपाध्यक्ष संजय राज सिंहले म्यान अफ द म्याच ट्रफि बितरण गरेका थिए ।
प्रतियोगितामा बाई पाएको होली ल्याण्ड मावि र होप ईन्टरनेसनल मावि बीच खेल हुने प्रतियोगिताका संयोजक मेराज अन्सारीले बताए । प्रतियोगिताको विजेताले एकाउन्न हजार प्राप्त गर्ने छन् भने उप विजेताले पच्चीस हजार प्राप्त गर्ने छन् ।

Next Post

बलात्कार अभियोगमा वडाध्यक्ष कारागार चालान

२८ माघ २०७५, सोमबार १८:४८
सदरलाइनडटकम, दमौली : बलात्कार अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमवार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमवार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई जिल्ला न्यायाधीश […]

सम्बन्धित