नेपालगञ्ज वडा नं. १४ मा आधुनिक सभाहल बन्दै

२८ माघ २०७५, सोमबार १६:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : शहरी विकास मन्त्री मो. इस्तियाक राईले समयमै निर्माण कार्य सम्पन्न नगर्ने निर्माण कम्पनी र ठेकेदारमाथि कारबाही गरिने चेतावनी दिएका छन् । गुणस्तरीयका साथै समयमै कार्य सम्पन्न गरे करोडौं रुपैयाँ पुरस्कारको व्यवस्था भएको भन्दै उनले ढिलो गर्ने ठेकेदारलाई जरिबानाको व्यवस्थासमेत रहेको जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ भवनियापुरमा ८ सय सीट क्षमताको सभाहलको सोमवार शिलान्यास गर्दै मन्त्री राईले बाँकेको निर्वाचन क्षेत्र नं. २ को विकासका लागि बिभिन्न मन्त्रालयबाट ७ सय करोड बजेट बिनियोजन गर्न लागिएको जानकारी दिए । ४५ करोडको लगानीमा निर्माण हुने लागेको उक्त सभाहल आधुनिक हुने भन्दै उनले डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा छिट्टै कोल्डस्टोर निर्माण हुने बताए ।
डुडुवा गाउँपालिकामा करीब ४५ किलोमिटर सडक यसैवर्ष कालोपत्रे गरिने जानकारी दिँदै मन्त्री राईले आफ्नो क्षेत्रको विकासका लागि आफु प्रतिबद्ध रहेको जिकिर गरे । भेरी अञ्चल अस्पतालमा उपचारका लागि जाने विरामीका लागि मात्र नभई कुरुवाका लागि समेत वातानुकुलित घर निर्माण हुने प्रक्रियामा रहेको बताउँदै उनले नेपालगञ्ज देशको टप थ्रीमा पार्ने अभियानमा रहेको दाबी गरे ।
शिलान्यास कार्यक्रममा प्रदेश सांसद बिजयबहादुर यादव, मेयर डा. धवलशम्सेर राणा, वडाध्यक्ष ओमकार मिश्रलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थिती थियो ।

Next Post

खजुरामा मेयर रनिङ शिल्डको तयारी अन्तिम चरणमा

२८ माघ २०७५, सोमबार १६:२०
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता हुने भएको छ । फागुन ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले सोमवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । खजुरा गाउँपालिका शिक्षा समितिको आयोजना र जनसेवा माविको व्यवस्थापनमा हुने […]