पहिलो चरणको खेल सकियो

१० माघ २०७५, बिहीबार १८:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको धम्बोझीस्थित ग्रासरुट फुटबल मैदानमा जारी मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीवार गोलको वर्षा भएको छ । दुई वटा खेलमा १८ गोल भएको छ । बाँके शिक्षाले अमर माविलाई १०–० गोलले पराजित गरेको छ । बाँके शिक्षाका अमित पौडेलले ह्याट्रिक गरेका छन् ।
खेल शुरु भएको तीन मिनेटमै गोल गरेर खाता खोलेका अमितले १५ मिनेट र मध्यान्तरपछिको दोस्रो मिनेटमै गोल गरेर ह्याट्रिक पूरा गरेका थिए । बाँके शिक्षाका रविन्द्र थापामगर, प्रेमबहादुर थापा, सुजन रोक्काले दुई/दुई र पूर्णसिंह थापाले एक गोल गरेका छन् । बाँके शिक्षाले अमर माविलाई निरन्तर दबाब बढाएको थियो । शारीरिक रुपमा पनि बाँके शिक्षाका भन्दा अमर माविका विद्यार्थी कमजोर देखिन्थे ।
अर्को खेलमा बाल विद्या मन्दिरले ट्राइबेकरमा होप इन्टरनेशनललाई पराजित गरेको छ । निर्धारित समयमा भने एक/एक गोल भएको थियो । खेल शुरु भएको तीन मिनेटमै सागर केसीको गोलबाट अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा होप पराजित हुन पुग्यो । बाल विद्या मन्दिरका दिपक कार्कीले मध्यान्तरपछि गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । ट्राइबेकरमा बाल विद्या मन्दिर ४–२ गोलले विजयी भयो । होपका खेलाडीले पोष्ट बाहिर बल हाल्दा टोली प्रतियोगिताबाट बाहिरियो ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको मावि/उमावि छात्र फुटबल प्रतियोगिताको पहिलो चरण सकिएको छ । २४ वटा स्कूल सहभागी भएकोमा १२ वटा ‘आउट’ भएका छन् । संघका अध्यक्ष भोजराज शाहीका अनुसार, शुक्रबार पहिलो खेल जिभिएन र जनता नमूना तथा दोस्रो खेल जनज्योति पब्लिक र ब्राइटल्याण्ड कलेजका बीचमा हुनेछ ।

Next Post

पत्रकार सुवेदीको उपचारका लागि सहयोग सङ्कलन अभियान

१० माघ २०७५, बिहीबार १८:४२
म्याग्दी,  : कलेजो र पित्तनलीको समस्याले थलिनु भएका मोफसलका पत्रकार अर्जुन शर्माको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, ओमकुमारी शान्ति कोषलगायत सङ्घ संस्थाहरूले बेनी नगरपालिका–९ जम्रेनीका सुवेदीको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरेका हुन् । पत्रकार महासङ्घको बिहीबार बसेको बैठकले […]

सम्बन्धित