मानव बेचविखनविरुद्ध आशा नेपालको अन्तरक्रिया

२९ पुष २०७५, आईतवार १७:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : मानव वेचविखनविरुद्ध बाँकेमा क्रियाशिल सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिबीच आपसी समन्वय र सहकार्यका बारेमा छलफल गरिएको छ । मानव वेचविखनविरुद्ध क्रियाशिल आशा नेपालको आयोजनामा सो छलफल भएको हो ।
कार्यक्रममा आशा नेपालकी कार्यकारी निर्देशक बिमला थापाले सामुहिक समन्वय र सहकार्य नै मानव वेचविखन विरुद्धको शक्ति भएको भन्दै आपसी एकता र कार्यक्रमको प्रभावकारितामा जोड दिईन ।
राज्यको एकल पहलले मात्र वेचविखन रोकथाम, उद्धार र पुनसर््थापना सम्भव नभएकाले सामुहिक पहलको खाँचो रहेको बताउदैे कार्यकारी निर्देशक थापाले सरकारले मानववेचविखन विरुद्धको कानूनलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सक्नु पर्ने उल्लेख गरिन ।
नेपालगञ्ज उप–महानगरपलिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले सरकारले मानववेचविखन विरुद्ध सबैसँगको सहकार्यलाई आत्मसात गरेर बढ्न खोजीरहेको बताईन । आशा नेपाल नेपालगञ्ज प्रमुख तृष्णा सिंह थापाद्धारा सञ्चालित कार्यक्रममा आशा नेपाल नेपालगञ्जका कानुनी सल्लाहकार प्रहलादबहादुर कार्की, कोहलपुर नगरपालिका वडा न १३का वडा अध्यक्ष ओमप्रकाश वली, जिल्ला प्रहरी कार्यालय बाँके महिला सेल इन्चार्ज श्यामकुमारी पाइजा, इलाका प्रहरी कार्यालय कोहलपुर महिला सेल इन्चार्ज शान्ता रावल, साना हातहरु नेपालगञ्जका प्रमुख अम्वीका पुन, केआई नेपाल नेपालगञ्ज प्रमुख अपना भटट्ले आ–आफ्नो अनुभव र सुझाव व्यक्त गरेका थिए । 

Next Post

खजुरा–२ का जेष्ठ नागरिक सम्मानित

२९ पुष २०७५, आईतवार १७:१०
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं २ सितापुरले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कदरपत्र, दोसल्लाहले सम्मान गरिएको वडाध्यक्ष देविलाल खनालले जानकारी दिए । प्रदेश नंंं. ५ का सांसद बाबुराम गौतम र खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वडा नंं. २ […]

सम्बन्धित