ईलेक्ट्रिकल एशोसिएशन बाँकेको बृहद् रक्तदान

  
  प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५       | 16 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : राष्ट्रिय एकता दिवसको अवसरमा नेपालगञ्ज ईलेक्ट्रिककल एशोसियसन बाँकेले नेपालगञ्जमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
जाडो यामसंगै विभिन्न रोगको संक्रमण फैलने र उपचारको लागि रगतको अभाव हुन नदिनको लागि एशोशिएसनले रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष नन्दलाल ढकालले जानकारी दिए ।
राष्ट्रिय एकता दिवसमा समाजिक क्षेत्रमा पनि एशोशिएसनले सामाजिक उत्तरदायित्व वहन गर्नको लागि नेपाल रेडक्रशको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग र विजुली व्यवसायी संघको सहयोगमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक दामोदर सापकोटाले बताए ।
सो बृहद रत्तदान कार्यक्रमको उद्दघाटन एशोशिएसनका अध्यक्ष ढकालले गरेका थिए । समाचार तयार पार्दासम्म ५२ जना रक्तदाताले रक्तदान गरि सकेको र दाता आउने क्रम जारी रहेको आयोजक संस्थाका सचिव टेकबहादुर थापाले जानकारी दिए । 

प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५     1:00:06 PM  |