पश्चिमी वायुका कारण देशभरको मौसम प्रभावित

२१ पुष २०७५, शनिबार १५:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : पश्चिमी वायुका कारण देशभरको मौसम प्रभावित भएको छ । उच्च हिमाली जिल्लामा ठूलो हिमपात हुने देखिएको छ । शनिवारबाट हिमपात शुरु भई मंगलवारसम्म रहने जल तथा मौसमविद् वरुण पौडेलले बताए ।
पौडेलका अनुसार देशभर बदली भई केही ठाउँमा वर्षा हुने र हिमाली जिल्लामा उच्च हिमपात हुने देखिएको छ । मनाङ हालको तापक्रम माइनस १८ डिग्री रहेको छ भने खुला निलो आकाशमा कालो बादल देखिन थालेको छ । अचानक मौसममा हेरफेर भएकाले सेता हिमाल बादलले ढाकेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार खोला, धारा लगायत पानीका मुहानहरू जमेका छन् । आगोको छेउमा रहेर दिन बिताउनु पर्ने बाध्यता छ । चिसो छल्न गाउँका मानिसहरू मंसिरअन्तिम सातादेखि बाहिरीसकेका छन् ।

Next Post

छोरीको हत्या भएको माइतीपक्षको दाबी

२१ पुष २०७५, शनिबार १५:१८
सदरलाइनडटकम, नेपालगञ्ज : गत पुष १७ गते नेपालगञ्जमा घरभित्रै संदिग्ध अवस्थामा शव भेटिएको माधुरी वर्णवालको हत्या गरिएको माइती पक्षले दाबी गरेको छ । नेपालगञ्जका मनिष वर्णवालसँग गएको वर्ष मंसिरमा वीरगञ्जकी २६ वर्षीया माधुरी वर्णवालको बिहे भएको थियो । छोरीको मृत्यु रहस्यमय नभई हत्या गरिएको आमा र बुवाले दाबी गरेका छन् […]