सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगर वडानं. ७ को आर्थिक सहयोगमा दुई दिने बालमैत्री स्थानीय शासन सम्बन्धित तालिम सुरु भएको छ ।
तालिमको उद्दघाटन गर्दै वडा अध्यक्ष जुम्मन खाँले वडा कार्यालयले बालमैत्री वडा निर्माण गर्नको लागि वडास्तरबाट १० दिन लगाएर गरिएको घरधुरी सर्वेक्षणले पनि वडाका सबै बालबालिका विद्यालय जाने पाईएको तथ्याङ्क बाहिर आएकोलेबालमैत्री स्थानीय शासन युक्त वडा निर्माणमा पहल गरिएको बताए ।
उनले मधेशी मुस्लिम तथा विपन्न समुदायको बाहुल्यता भएको वडा भएको कारण बालबालिकालाई विद्यालय नपठाई श्रमयुक्त ठाँउमा पठाउने गरेको भन्ने भ्रमलाई सो घरधुरी सर्वेक्षणले देखाएको दाबी गरे ।
उनले भने–‘हामी वडाका जनप्रतिनिधिले वडाबासीलाई स्पष्टरुपमा भनेका छौ १४ वर्ष मुनीको बालबालिकालाई विद्यालय नपठाई काममा लगाउने अभिभावकलाई वडा कार्यालयबाट दिने सबै सेवा सुविधाबाट बञ्चित राखिने छ ।’
उनले बालबिवाह रोक्नको लागि पनि वडा कार्यालय तथा नेपालगञ्ज उप–महानगरले विभिन्न सचेतना मुलक गतिविधि सञ्चालन गर्दै आएको बताए ।
दुई दिनसम्म सञ्चालन हुने सो तालिममा बालबालिका, अभिभावक गरी २५ जनाको सहभागिता रहने आयोजक गरिव तथा बेरोजगार कल्याण संघ बाँकेका अध्यक्ष फारुख खान पठानले जनाकारी दिए ।
सो तालिमको सहजिकरण बाँके युनेस्को क्लवका गुलाम गौश कादरी, तलत प्रविण खान, शाहिल अन्सारी र सोनी खानले गर्ने आयोजक संस्थाले जनाएको छ ।