‘पत्रकारले नागरिक अपेक्षा पुरा गर्नुपर्ने’

१६ पुष २०७५, सोमबार २१:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रत्येक पत्रकारले नागरिक अपेक्षा पनि पुरा गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाको १२ औं बार्षिक साधारणसभाको सोमवार नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष आचार्यले संघीय संरचनाअनुसार पत्रपत्रिकाको वर्गिकरणलगायतका काम प्रदेश र स्थानीय तहबाट पनि हुनुपर्ने बताए ।
उनले स्थानीय वा प्रदेशले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध कानून बनाउन नसक्ने बताए । महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष विपुल पोखरेल, नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा, नेकपाका नेता अशोक कोइराला, नेपाली काँग्रेसका सभापति किरण कोइराला, प्रदेशसभा सदस्य आइपी खरेल, कृष्ण केसी र मो. याकुब अन्सारी, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभाको बन्द सत्रले सचिव तिलक गाउँलेको सांगठनिक र कोषाध्यक्ष केशव रानाको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभाको अवसर पारेर पत्रकारहरु कुमार श्रेष्ठ, दुर्गा रोकाय, डक्ट धिताल, बिश्वराज पछल्डंग्या, जिएम यादव, अर्जुन वली, नरेन्द्र थापा, विमला चौंधरी, कविन्द्र परियार, लक्ष्मण ढुंगाना, दैनिक नेपालगञ्ज, कृष्णसार एफएम, भिजन टेलिभिजनलाई जनही पाँच हजार सहित सम्मान गरिएको छ ।

Next Post

खजुरामा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

१६ पुष २०७५, सोमबार २१:२६
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले सोमवारदेखि जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा नं. १ को राधापुरबाट जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा शुरु गरिएको हो । शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले जेष्ठ नागरिकका लागि यो वर्ष २ पटक विशेषज्ञ सेवासहितको शिविर संचालन […]

सम्बन्धित