निर्मलालाई न्याय माग्दै काठमाण्डौमा प्रदर्शन

१४ पुष २०७५, शनिबार १४:४५
 

सदरलाइनडटकम,
काठमाण्डौ : कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडी प्रर्दशन गरिएको छ । विवेकशिल साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ व्यानरमा सनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडी बालुवाटार चोकमा प्रर्दशन गरिएको हो ।
न्याय मर्न नदिऔ, सत्य हार्न नदिऔ भन्ने नारासहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभुति दिन प्रहरी प्रशासन सहित गृहमन्त्री पनि असक्षम भएको दाबी गरे । उनीहरुले आपराधिक कार्यको अनुसन्धान गर्न प्रहरी असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धान सम्बन्धी विशेष तालिम दिनसमेत माग गरे ।
पन्तको बलात्कार पछि हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दै राजधानीलगायत देशभर दिनहुँ प्रर्दशन भईरहेका छन् । तर घटनाको ५ महिना वितिसक्दा समेत सरकारले दोषी पक्राउ गर्न सकेको छैन । प्रहरीले अनुसन्धानको नाममा निर्दोषलाई नियन्त्रणमा लिई यातना दिएर अपराध कबुल गराउन लागि परेको भन्दै विरोध हँुदै आएको छ ।
पछिल्लो समय प्रदिप रावल र विशाल चौधरीलाई अपराध कबुल गर्न दबाब दिँदै प्रहरीले चरम यातना दिने काम गरेको भन्दै अधिकारकर्मीहरुले मानवअधिकार रक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

Next Post

डडेलधुरामा आगलागी हुँदा बीस लाखको क्षति

१४ पुष २०७५, शनिबार १४:४५
सदरलाइनडटकम, डडेल्धुरा : डडेल्धुराको सदरमुकाममा आगलागी हुँदा २० लाखभन्दा बढी क्षति भएको छ । शुक्रवार राति करीब ९ बजे बागबजारमा आगलागी भएको थियो । बागबजारस्थित लक्ष्मी किराना पसलबाट आगलागी हुदाँ अन्दाजी २० लाख भन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धराले जनाएको छ । क्षतिको एकिन विवरण भने आउन बाँकी […]