पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा शुरु

५ पुष २०७५, बिहीबार १७:१६
 

सदरलाइनडटकम,
मोरङ : नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन बिहीवारदेखि विराटनगरमा शुरु भएको छ । ७५ जिल्लाका जिल्ला अध्यक्ष तथा एशोसिएट, प्रतिष्ठान तथा प्रदेश समितिका अध्यक्षहरु सम्मेलनमा सहभागी छन् । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको सम्मेलनको संयोजन पत्रकार महासंघ प्रदेश १ समितिले गरेको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपाली समाज नकारात्मक भावनाबाट पे्ररित रहेकोले त्यस्ता प्रवृत्तिलाई कसरी बदल्ने भन्ने कुरालाई सम्मेलनले विशेष योगदान गर्ने विश्वास व्यक्त गरे । आफू पूर्ण प्रेसमैत्री बन्ने प्रयास गरेको बताउँदै मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो नीति कार्यक्रम र बजेट वक्तव्य जारी गर्दादेखि नै प्रेसमैत्री भएर काम गरेको स्पष्ट पारे ।
उनले १ नम्बर प्रदेशले प्रेसप्रति गरेको सकारात्मक प्रभाव अन्य प्रदेशमा पनि देखिएकोले अप्रत्यक्ष रुपमा ६ वटै प्रदेशलाई दबाब सिर्जना गरेको दावी गरे । कतिपय मिडियाहरुले व्यक्तिगत विषयलाई मुद्दा बनाएको प्रति उको असन्तुष्टि थियो । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संघीय सरकारको बचाउ गरे । प्रधानमन्त्री केपी शर्मा ओली प्रेस मैत्री नभएको भन्ने भएका टिकाटिप्पणीप्रति बचाउ गर्दै उनले प्रधानमन्त्री ओली १४ बर्ष जेल बसेर आएको व्यक्ति भएकोले प्रेसमा अंकुश लगाउने विषयमा कुनै सत्यता नभएको बताए । प्रदेश १ सरकारले पत्रकारले आलोचना नगर्ने गरी काम गर्ने दावी गर्दै उनले नराम्रा कामको प्रमाणसहित आलोचना गर्न सुझाव दिए ।

Next Post

नेपालगञ्जमा फिल्म फेस्टिवल हुने

५ पुष २०७५, बिहीबार १७:१६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलको दोस्रो संस्करण यहि पुष २० र २१ गते देखि नेपालगंजमा हुने भएको छ । अन्तराल र भ्रष्टचार विरुद्ध कार्यरत संस्था बासको संयुक्त आयोजनामा हुने उक्त फेस्टिवलमा चर्चित र गहन विषयका फिल्म तथा डकुमेन्ट्रीहरु प्रदर्शन गरिनेछन् । उक्त अवसरमा डकुमेन्ट्री र फिल्म सम्वन्धि अन्तरक्रिया समेत […]