बालबालिका बेचबिखन रोक्नबारे खजुरामा छलफल

२० मंसिर २०७५, बिहीबार १८:५६
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : प्लान ईण्टरनेशनल नेपालको सहकार्यमा साथी संस्थाले बाँकेको खजुरा गाँउपालिकामा बालबालिका बेचबिखनबिरुद्धको परियोजनाका लागि छलफल गरेको छ ।
महिला तथा बालबालिकाहरुलाई बेचबिखन रोक्न र बेचबिखनमा परेकालाई संरक्षण गर्ने उद्देश्यले छलफल गरिएको हो ।
बाल र यूवा समुहलाई मानव बेचबिखनबिरुद्ध अभिमुखिकरण तथा तयार पारिएका कार्ययोजनाअनुसार सडक नाटक, वतृत्वकला प्रतियोगिता, पालिका स्तरमा बालबालिक बेचबिखन बिरुद्ध सचेतना जागउने कार्यक्रम गर्ने छलफलबाट निष्कर्ष निकालिएको हो । उक्त छलफलमा गाँपालिका अध्यक्ष किस्मत कुमार कक्षपलि, उपध्यक्ष एकमाया बिकलगायत ८ वटै वडा अध्यक्षको उपास्थिति रहेको थियो ।

Next Post

ट्रयाक्टर दुर्घट्नामा एकको मृत्यु, एक घाइते

२० मंसिर २०७५, बिहीबार १८:५६
सदरलाइनडटकम, सल्यान : सल्यानको बागचौर नगरपालिका वडा न ४ जलेखर्कमा ट्रयाक्टर दुर्घट्ना हुँदा एक जनाको मत्यु भएको छ भने एक जना घाइते भएका छन् । दाङबाट रुकुम जाँदै गरेको रा १ त २६२८ नं.को ट्रयाक्टर शुक्रवार बिहान दुर्घट्ना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमखोलीले जनाएको । ट्रयाक्टर […]