प्रहरीको लापरवाहीका कारण निर्मलाको अनुसन्धानमा समस्या : मन्त्री ज्ञवाली

१८ मंसिर २०७५, मंगलवार १६:५६
 

सदरलाइनडटकम,
सुर्खेत : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्मला हत्याकाण्डको प्रारम्भिक छानबिनमा प्रहरीको गम्भीर त्रुटिका कारण अनुसन्धानमा समस्या भएको बताएका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रियामा भाग लिन सुर्खेत आएका मन्त्री ज्ञवालीले प्रारम्भिक अनुसन्धानमा त्रुटी भएका कारणनै अनुसन्धान प्रभावित भएको बताए ।
घटनालगत्तै प्रहरीले प्रमाण जुटाउनुको साटो लापरवाहीपूर्वक अनुसन्धान गर्दा अपराधी उम्किन सफल भएको उनको टिप्पणी थियो । तर पनि सरकारले अनुसन्धान जारी राखेको बताउँदै उनले केही ढिलो भएपनि निर्मलाका हत्यारालाई सरकारले कारवाही गरेरै छोड्ने दृढता व्यक्त गरे ।
उच्च राजनीतिक ओहोदामा रहेको व्यक्तिको निर्मला घटनामा संलग्नता भएको पुष्टि नभएकाले अनावश्यक रूपमा घटनालाई अतिरञ्जित नगर्न मन्त्री ज्ञवालीले आग्रह गरे ।

Next Post

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

१८ मंसिर २०७५, मंगलवार १६:५६
सदरलाइनडटकम, दाङ : दाङको गढवामा मंगलवार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ भने २ जना घाइते भएका छन् । बेलवाबाट गढवा आउँदै गरेको मोटरसाइकल गढवा ७ मानपुरमा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । मोटरसाइकलमा तीनजना सवार थिए । रा ३ प ३६२७ नम्बरको मोटरसाइकल […]