निर्मलाको न्यायका निम्ति डा.केसी अनशन बस्ने

१६ मंसिर २०७५, आईतवार १८:३८
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरकी निर्मला पन्तको हत्यामा प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाउने गरी अनशनको तयारी गरिरहेको डा. गोविन्द केसीले बताएका छन् । धनगढीमा स्वास्थ्य पत्रकार समूह सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आइतवार आयोजित पत्रकार भेटघाटमा केसीले प्रमाण नष्ट गर्ने्विरुद्ध मुद्दा नलगाएसम्म सत्यतथ्य बाहिर नआउने दाबी गरेका हुन् ।
डा. केसीले सरकारले नै अपराधीलाई संरक्षण दिइरहेको आरोप लगाए । निर्मला हत्या प्रकरणपछि प्रमाण नष्ट गर्ने काम राज्यले गरेर अपराध संरक्षण दिएको भन्दै उनलेसरकारले दोषीलाई उन्मुक्ति दिएको र निर्दोशलाई पक्राउ गरी यातना दिएको आरोप लगाए ।
निर्मलाको न्यायका लागि कञ्चनपुरमा जारी धर्नालाई ऐक्यबद्धता जनाउन आएका केसीले आफ्नो अनशनबारे पनि बताएका थिए । अबको अनशनले निर्मलालाई न्याय दिनेसमेत उनले दाबी गरे । यसपूर्व भएका सहमतिहरू पालना नभए र निमर्लाका हत्यारा पक्राउ नगरे पुष २ गतेपछि अनशन बस्ने केसीले बताए ।

Next Post

ढकेरीमा बाख्रा व्यावसाय केन्द्रको उद्घाटनसंगै हस्तान्त्रण

१६ मंसिर २०७५, आईतवार १८:३८
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके)  :  ग्रामिण महिलाको आयस्तर बढाउने उद्देश्यले बाँकेको रोप्तीसोनारी–८ ढकेरीमा हेफर ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको बाँके बाख्रा व्यावसाय केन्द्रको आईतबार उद्दघाटन तथा हस्तान्त्रण गरिएको छ । साना किसान तथा ग्रामिण गृहणी महिलाहरुले उत्पादन गरेको खसिबोका र बाख्रको संकलन गरी बजारीकरण गर्ने उद्देश्यले स्थापना गरेको सो […]