नेपालगञ्जमा लैंङ्गिक हिंसाबिरुद्ध ‘म बोल्छु’ अभियान

१५ मंसिर २०७५, शनिबार २२:११
 

सदरलाइनडटकम, 
नेपालगञ्ज  : लैंङ्गिक हिंसा र दुब्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत शनिबार नेपालगञ्जमा ‘म बोल्छु’ विषयक कार्यक्रम गरिएको छ । जारी अभियान अन्तर्गत हिंसा पीडित प्रत्येक महिलालाई आफ्नो समस्याबारे खुलेर बोल्न सक्ने वातावरण बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
सेभद चिल्ड्रेन, बाँके युनेस्को लगायत विभिन्न गैरसरकारी संस्थासँगकोे सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिका महिला तथा वालवालिका शाखाद्वारा आयोजित कार्यक्रममा अधिवक्ता लोकबहादुर शाहले महिलाका कानुनी तथा संवैधानिक अधिकार र व्यवस्था विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाले ग्रामिण क्षेत्रमा रहेका अशिक्षित र गृहणी महिलाहरुलाई हिंसावारे बोल्ने ज्ञान र हिम्मत दिनु सचेत महिलाको कर्तब्य भएको बताईन । उनले महिलाहरुलाई हिंसा बिरुद्ध बोल्न उत्प्रेरित समेत गरिन ।
प्रमुख महिला विकास अधिकृत शोभा शाहले स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पारिएको कार्यक्रममा महिला अधिकारका पक्षमा बोल्न आग्रह गरिएको थियो ।
अवधारणा पत्र प्रस्तुत पछि सहभागी महिलाहरु पालैपालो अगाडी गएर आफूले भोगेका हिंसाबारे खुलेर बोलेका थिए । उनीहरुले अहिलेसम्म हिंसा पहिचान गर्न नसकेरै सहेर बस्नु परेको अनुभव सुनाउदै अव हिंसा सहेर नबस्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडाबाट विभिन्न समुदायका महिला सहभागी कार्यक्रममा महिला अगुवा ऋचा लुईटेलले सहजीकरण गरेकी थिईन ।

Next Post

पच्चिस किलो चरेशसहित चार पक्राउ

१५ मंसिर २०७५, शनिबार २२:११
सदरलाइनडटकम, बुटवल  : नेपाल प्रहरीको प्रदेश नंं. ५ अनुसन्धान समुह आरआईटी नेपालगञ्ज समुहले बुटवलबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध चरेश सहित ४ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीले दिएको जानकारी अनुसार बुटवल उपमहानगरपालिका–३ बाट शनिबार राती करिव १० बजे २५ किलो चरेशसहित बुटवल उपमहानगर– १३ का ४० वर्षिय […]