सदरलाइनडटकम,
धनगढी : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बलात्कारपछि हत्या गरिएकी कञ्चानपुरकी निर्मला पन्तका हत्यारालाई पक्राउ नगरे कांग्रेसले चरणबद्ध आन्दोलन गर्ने बताएकी छन् ।
नेपाल प्रेस युनियन कैलालीले शनिवार बिहान धनगढीमा गरेको पत्रकार सम्मेलनमा संग्रौलाले सरकारले अपराधीलाई उन्मुक्ति दिन खोजेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले कुर्सीको आडमा निर्मलाका हत्यारा लुकाएको आरोप उनले लगाइन् । निर्मलाका लागि न्यायिक अभियानमा रहेकी संग्रौलाले सरकारले चाहे अपराधी पक्राउ गर्न कुनै कठिन नरहेको बताइन् ।
