सहकारी युवा सम्मेलनको मन्त्री पौडेलद्वारा उद्घाटन

५ मंसिर २०७५, बुधबार १६:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सहकारी युवा सम्मेलन बुधवार नेपालगञ्जमा सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको आयोजनामा भएको सम्मेलनको प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरिन् ।
प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका गरी २१ जिल्लाका २५५ बचत तथा ऋण सहकारी संस्थाबाट २५० बढि युवाको सहभागिता रहेको संघका अध्यक्ष डिबी बस्नेतले जानकारी दिए । उद्घाटनमा सांसद तारा लामा तामाङ, सहकारी संघका केन्द्रीय सदस्य हरिहरनाथ योगी, बाँके जिल्ला अध्यक्ष प्रेम सुवेदी, सम्मेलन तयारी उपसमितिका संयोजक विजया धिताललगायतले मन्तव्य राखेका थिए ।

Next Post

धम्बोझीमा टोल विकास समिति गठन

५ मंसिर २०७५, बुधबार १६:४८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ मा टोल विकास समिति गठन गरेको छ । २३ वटा वडामध्ये बुधवार वडा नं. १ ले टोल विकास समिति गठन गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष प्रमोद रिजालले वडाको विकास निर्माण लगायतका अन्य काममा स्थानीय बासिन्दासँग सहकार्य गर्नका लागि टोल […]