सदरलाइनडटकम,
दाङ : समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रवार दाङको दङीशरण गाँउपालिकामा समुदाय प्रहरी पालिका समिति गठन गरिएको छ । समुदायमा प्रहरी र समुदायबीचको सहकार्य सकारात्मकरुपले अगाडि बढाउने उद्देश्यले समुह गठन गरिएको हो ।
गाउँपालिका अध्यक्ष भागिराम चौधरीको सयोंजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको छ । सहसयोंजकमा उपाध्यक्ष पिमाकुमारी खड्का रहेकी छन् ।
त्यस्तै सदस्य सचिवमा ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायक निरीक्षक जिवन बिक्रम शाह, सदस्यहरुमा वडा नं. ४ का अध्यक्ष नेवबहादुर कुवँर मगर, ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी सहायक निरीक्षक माधवकुमार श्रेष्ठ, स्वास्थ्य सस्ंथाका बासुदेव चौधरी, आमा समूहबाट उमा बस्नेत, बसन्ती वली, बिरेन्द्र माबि हेकुलीका प्रधानाध्यापक खिमराज खनाल, सञ्चारकर्मी दिप्तीशिखा चौधरीलगायत रहेका छन् ।


