बिद्यालयमा हुने हिंसा निरुत्साहित गर्न सरोकारवालाको जोड

२८ कार्तिक २०७५, बुधबार १८:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बिद्यालयमा हुने हिंसालाई निरुत्साहित गर्न सरोकारवालाहरु सजक बन्नुपर्ने बुधवार नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शिक्षाको ज्योति प्रदान गर्ने पबित्र स्थल बिद्यालय जस्तो ठाउँमा कुनै पनि प्रकारको हिंसाले शिक्षा आर्जनमा अवरोध पुर्याउने हुँदा सरोकारवालाहरुले यसलाई दृष्टिगत गर्दै निरुत्साहित गर्नुपर्ने उनीहरुले बताएका हुन् ।


नेपाल राष्ट्रीय आधारभूत बिद्यालय नटनपुरमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो जोड दिएका हुन् । शारीरिक दण्ड, सजाय, यौनजन्य र हेपाईजन्य व्यवहारले बालबालिकामा पार्ने नकारात्मक असरका कारण बीचमै पढाई छाड्ने, बिद्यालय जान नमान्ने, बिद्यालय गएपनि कसैसंग बोल्न नमान्ने जस्ता समस्याहरु निम्तिने गरेको सहभागीहरुको निश्कर्ष थियो ।
यस्ता असरबारे सबैले जान्नुपर्ने र सरोकारवालाहरुको आचारसंहिता निर्माण सम्बन्धी आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले बिद्यालयस्तरमा हिँसाजन्य गतिबिधीलाई निन्यत्रण गर्नुपर्ने बताए । यस्ता कुरालाई बिद्यालय सरोकारवालाले विशेष महत्व नदिने कारणले बिद्यार्थीमा बिभिन्न समस्या निम्तिने गरेको भन्दै रेग्मीले अबको बदलिँदो परिवेशसंगै यस्ता कुरा अन्त्यका लागि सबैलाई सक्रिय हुन आग्रह गरे ।



वडा नं. २० का अध्यक्ष कृष्ण कार्कीले स्थानीयतह भइसकेपछि सरकारले यस्ता कुराहरुबारे बिभिन्न नीति नियमसमेत बनाइरहेकाले यस्ता समस्या आफै अन्त्य गर्दै जानुपर्ने बताए । प्लान इण्टरनेशनल नेपालको सहयोग तथा नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा सामाजिक बिकास मञ्च (स्याक नेपाल) बाँकेले आयोजना गरेको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिश्वनाथ बर्मा, प्रधानध्यापक खेमलाल बर्मा, स्याक नेपालकी कार्यक्रम अधिकृत कल्पना अधिकारीलगायतले धारणा राखेको सुपरभाईजर रज्जब अलि बागवानले बताए ।

Next Post

छठका अवसरमा नेपालगञ्जमा चियापान

२८ कार्तिक २०७५, बुधबार १८:४२
सदरलाइनडटकम, नेपालगञ्ज : छठ पर्बका अवसरमा बुधवार नेपालगञ्जमा भेटघाट तथा चियापान कार्यक्रम गरिएको छ । सामाजिक सद्भाव समिति त्रिभुबन चौकको आयोजनामा गरिएको कार्यक्रममा शुभकामना आदान प्रदानसमेत गरिएको थियो । बुधवार एकाबिहानै उदाउँदो सुर्यलाई अर्घ्य दिन शक्तिपीठ बागेश्वरी मन्दिरमा सम्पन्न कार्यक्रममा चार सय बढीको सहभागिता थियो । सामाजिक सद्भाव समिति त्रिभुवन चौकका […]