लायन्सको चियापान नेपालगञ्जमा सम्पन्न

१७ कार्तिक २०७५, शनिबार १९:०२
 

सदरलाइनडटकम, 
नेपालगञ्ज  : समाजिक संस्थामा अग्रणी रहेको लयान्स क्लव अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि–२ अन्तरगत क्षेत्र नं. ६ का लयन्स क्लवहरुले शनिबार नेपालगञ्जमा विभिन्न पर्वहरुको अवसर पारेर शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
लयान्स क्लव डिष्ट्रिक ३२५ बि–२ का सिनियर डिष्ट्रिक एड्भाईजर ज्ञानेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा लायन्स डेन्टल अस्पताल खजुरारोडमा आयोजना कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
५ नं. प्रदेश सांसद बाबुराम गौतमको प्रमुख आतिथ्यमा सम्पनन भएको कार्यक्रमको सञ्चालन सिनियर डिष्ट्रिक एड्भाईजर मुकुट ढकालले गरेका थिए ।
सो अवसरमा बोल्दै पूर्व डिष्ट्रिक गर्भनर सेम शाक्यले लायनबादको विकासले समाजलाई एकताको सुत्रमा जोड्नुको साथै भाईचारा र बन्धुत्वको विकास गर्ने कुरामा जोड दिए ।
निबर्तमान डिष्ट्रिक गर्भनर मधुसूदन शर्माले लायन्सहरु सामाजिक कार्यमा जतिखेर पनि तत्पर रहने भएको कारणले दुख सुख र हरेक पलमा लायन्सले भूमिका निर्वाह गर्ने भएको कारणले सामाजिक रुमा अग्रणी संस्थाको रुपमा चिनिन सफल भएको बताए ।
सो अवसरमा प्रदेश सांसद गौतम, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भूजेल,विभिन्न स्थानीय तहका प्रमुखलगायतका जनप्रतिनिधि, उद्योगी व्यावसायी, एरिया नं. छ अन्तरगत रहेको ३४ वटा क्लव र त्यसमा आवद्ध ७ सय लायन्स, लियोहरुको सहभागिता रहेको थियो ।  

Next Post

स्थानीय मुद्दा उठानको लागि टोलटोलमा कृष्णसार रेडियो कार्यक्रम

१७ कार्तिक २०७५, शनिबार १९:०२
सदरलाइनडटकम राप्तीसोनारी (बाँके) : स्थानीय समुदायको मुद्दा उठानको लागि नेपालगञ्जमा सञ्चालनमा रहेको रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जले टोलटोलमा कृष्णसार अभियान सुरुवात गरेको छ । सो अभियानको पहिलो अंक बाँके राप्तीसोनारी–८, ढकेरी नयाँगाउ होमस्टेबाट सुरुवात गरेको हो । ‘स्थानीयस्तरमा रहेको समस्याका बिषयमा सम्बन्धित निकायसँग छलफल र स्थानीय स्रोतको प्रचारप्रसार तथा प्रबद्र्धन […]

सम्बन्धित