स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको प्रति आयोग चिन्तित

१७ कार्तिक २०७५, शनिबार १३:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचारका उजुरी पहिलो नम्बरमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिवार नेपालगञ्जमा उद्घाटन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
प्रमुख आयुक्त घिमिरेले स्थानीय तहको काम कारवाही पनि अख्तियारले नजिकबाट नियाली रहेको बताए । कानून बनाउने बहानामा कसैलाई पनि भ्रष्टाचार गर्न छुट नभएको भन्दै उनले संघीय कानूननको सीमाभित्र रहन स्थानीय तहका पदाधिकारीलाई आग्रह गरे ।
बिभिन्न सरकारी कार्यालयहरुमा रहरले ‘स्ट्रिङ’ अप्रेशन नगरिएको उल्लेख गर्दै प्रमुख आयुक्त घिमिरेले कुनै पीडित सेवाग्राही आफनो समस्या लिएर आउँदा आयोगसँग अर्को बिकल्प नहुने जिकिर गरे । आयोगको भ्रष्टाचारसँग सम्झौता गर्न नसक्ने भन्दै उनले आयोग भ्रष्टाचार न्यूनीकरणमा क्रियाशील रहेको जानकारी दिए ।आयोग कार्यालय बुटवलका प्रमुख रविलाल पन्थका अनुसार पाँच करोड २८ लाख ४५ हजार ५ सय २२ रुपैयाँको लागतमा अख्तियारको प्रशासनिक र सुरक्षा भवन निर्माण सम्पन्न भएको हो । २०७२ जेठ १४ गते शुरु भई दुई बर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएकोमा तीन बर्षमा कार्य सम्पन्न भएको छ ।


Next Post

किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

१७ कार्तिक २०७५, शनिबार १३:१३
सदरलाइनडटकम, कपिलबस्तु : तेह्र वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले शिवराज नगरपालिका वडा नं. १ का एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय २२ वर्षीय युवक खिमबहादुर विकलाई स्थानीय एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पक्राउ परेका विकले बुधवार राति १३ वर्षीय एक […]