जिल्ला प्रशाशन बाँकेद्वारा सामाजिक सद्भाव कायम गराउने विभिन्न व्यक्तिहरुलाई सम्मान

८ कार्तिक २०७५, बिहीबार २०:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  विभिन्न समुदायको पर्वमा सामाजिक सद्भाव कायम गर्न अहम भूमिका निर्वाह गर्नेहरुलाई जिल्ला प्रशाशन कार्यालय बाँकेले एक कार्यक्रमका बीचमा सम्मान गरेको छ ।
५ नं. प्रदेश सभा सदस्य मो. याकुव अन्सारीको प्रमुख आतिथ्य तथा विभिन्न धर्मगुरुहरुको विषेश उपस्थितिमा जिल्ला प्रशाशन कार्यालय बाँकेले पर्वलाई शान्तिपूर्ण सम्पन्न गराउन सक्रिय रहेका ४० जनालाई सम्मान गरेको हो ।
बाँकेमा सामाजिक सद्भाव कायम गर्नको लागि जिल्ला प्रशाशन कार्यालयको पहलमा सबै धर्मगुरुहरुको विषेश उपस्थितिमा २ वटा सामाजिक सद्भाव तथा स्वयमशेवक परिचालन समिति गठा गरिएको थियो । हिन्दू समुदायबाट दिपक लोध र मुस्लिम समुदायबाट फिरोज खानको संयोजकत्वमा मुस्लिम समुदाय तथा हिन्दू समुदायको पर्वलाई सौहार्द पूर्ण तरिकाले सम्पन्न गराउन सो समिति गठन गरिएको थियो । सम्मानित हुनेहरुमा मो हारुन, अजय टण्डन, मेराज अहमद हिमालय, जितेन्द्र सिंह, शुधान्शु कोईराला लगायत ४० जना रहेका छन् ।
दुबै समितिका सदस्यहरुको भूमिकाको बारेमा समिक्षा गर्दै उनीहरुलाई कदरपत्र सहित सम्मान गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए । उनले समाजलाई एक शुत्रमा बाँध्नको लागि अहम भूमिका निर्वाह गर्ने धार्मिक गुरुहरु, युवा समुदायलाई प्रात्साहन गर्नको लागि सम्मान गरिएको बताए ।
सो अवसरमा हिन्दू धर्मका धर्मगुरु तथा बागेश्वरी मन्दीरका मूल पुरोहित चन्द्रनाथ योगी, मुस्लिम धर्मका मौलाना मन्सुर, शिख धर्मका सरदार राजेन्द्र सिंह, बौद्ध धर्मका गुञ्जबहादुर लामा र ईशाई धर्मका बेञ्जामिन श्रेष्ठको उपस्थिति रहेको थियो । सो अवसरमा सम्मान गर्न केही व्यक्तिलाई छुटाईएको भन्दै रोष प्रकट गरिएको थियो ।   

Next Post

भारतको केन्द्रीय जाँच ब्युरो सिबिआईमा विवाद

८ कार्तिक २०७५, बिहीबार २०:०८
सदरलाइनडटकम, काठमाण्डौ : भारतको केन्द्रीय जाँच ब्युरो (सिबिआई) का दुई उच्च पदाधिकारीबीच शुरु भएको लडाईमा सरकारले हस्तक्षेप गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई चर्को आलोचनाको सामना गर्नु परेको छ । सिबिआईका निर्देशक आलोक बर्मा र सिबिआईका विशेष निर्देशक राकेश अस्थानाबीचको आरोप–प्रत्यारोप र खिचातानीले उग्ररूप लिएपछि भारत सरकारले सिबिआईका दुवै उच्च अधिकारीलाई बिदामा बस्न […]

सम्बन्धित