‘काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरी’

२७ आश्विन २०७५, शनिबार २२:३०
 


सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन जरुरी रहेको बताएका छन् । नेपाली काँगे्रस वडा न १३ कार्यसमितिले शनिबार सरस्वती संगीतालय परिसरमा आयोजना गरेको वडा दशैं, तिहार तथा छठ शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य राठौरले सो कुरा बताएका हुन ।
उनले काँगे्रस लोकतन्त्र र विधीलाई मान्ने पार्टी भएकाले विधी र नियमलाई कार्यान्वयन गर्नु काँगे्रसीहरुको प्रमुख दायित्व हुने कुरामा जोडदिदै पार्टी सिष्टममा चलाउन नेता र कार्यकर्ता पनि सिष्टममा चल्नु पर्ने सुझाव दिए ।
‘अरुलाई सुधार्न भन्दा पहिलो आफु सुध्रिन पनि जरुरी छ’–उनले भने–‘कम्यूनिष्ट सरकारको रवैयाले देश असजिलो अवस्थामा पुगेको छ यतीबेला काँगे्रसीहरु एकजुट हुन पर्छ ।’
कार्यसमिति सभापति शालिक राम शाहको सभापतित्वमा सम्पन्न कार्यक्रमा काँगे्रस पार्टी सभापति किरण कोइराला, पुर्व सभापति यूवराज शर्मा, नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर, वडा न १३ अध्यक्ष विरेन्द्र शाह लगायतले शुभकामना दिएको कार्यक्रममा सांसद मो याकुव अन्सारी, पुर्व सांसद बादसाह कुर्मी लगायतको उपस्थिती रहेको थियो ।

Next Post

२७ आश्विन २०७५, शनिबार २२:३०