ज्ञानोदय पुस्तकालयको दुईटै समिति खारेज, पुरानैलाई मान्यता

११ आश्विन २०७५, बिहीबार १६:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयको दुईवटै कार्यसमितिलाई खारेज गरिएको छ । पछिल्लो समय फरक–फरक साधारणसभा गरी घोषणा गरिएको चेतकान्त भटराई र हरिभक्त अधिकारी नेतृत्वको समितिलाई जिल्ला प्रशासन कार्यालयले खारेज गरको हो ।
समानान्तर गठन गरिएको दुईवटै समिति पुस्तकालयको विधान सम्मत नदेखिएकोले दुबै कार्य समितिलाई मान्यता दिन नसकिने प्रशासनले निश्कर्ष निकालेको छ ।
लिलबहादुर राना नेतृत्वको साविककै कार्यसमितिबाट आवश्यक निर्णय गराई ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको विधान २०७१ अनुसार साधारणसभालगायत निर्वाचनसम्बन्धी कार्य सञ्चालन गर्न निर्देशन दिईएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज न्योपानेले बताए ।

Next Post

महिला हिँसाप्रति बाँकेका पत्रकार चिन्तित्

११ आश्विन २०७५, बिहीबार १६:३४
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो समय बढ्दै गएको बलात्कार र महिला हिंसाका घटनाप्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन् । सिविन नेपालले बिहीवार नेपालगञ्जमा पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यौन दुर्व्यवहार र बालबालिकामाथि बढ्दै गएको विभिन्न खाले हिँसाप्रति चिन्ता व्यक्त गरेका हुन् । घटनालाई बाहिर ल्याएर मात्र नभई घटनाको पृष्ठभूमि र कारणबारे […]

सम्बन्धित