माल्दिभ्समा आम निर्वाचनको मतदान शुरु

७ आश्विन २०७५, आईतवार १६:३७
 

सदरलाइनडटकम,
काठमाण्डौ : धेरै आलोचनाका बावजुद माल्दिभ्समा आमनिर्वाचन शुरु भएको छ । उम्मेदवारहरु चीन र भारतीय खेमामा विभाजित भएकाले बिभिन्न देशले यो निर्वाचनलाई नजिकबाट न्यालीरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
निर्वाचन आयोग राष्ट्रपति अब्दुल्लाह यामिनीको तर्फबाट काम गर्ने संयन्त्र जस्तो भएको भन्दै विपक्षी गठबन्धनले स्वतन्त्ररुपमा अनुगमन गर्न नदिएको आरोप लगाए पनि आयोगले आरोप अस्वीकार गरेको छ ।
चुनावमा उम्मेदवार रहेका वर्तमान राष्ट्रपति यामिनी चीननिकट मानिन्छन् भने विपक्षी उम्मेदवार इब्राहिम मोहम्मद सोलिह भारतलगायत पश्चिमा देशसँग नजिक मानिन्छन् । युरोपियन युनियन र अमेरिकाले निर्वाचनमा चासो व्यक्त गर्दै प्रजातान्त्रिक अवस्थामा सुधार नआए नाकाबन्दी लगाउने चेतावनी दिएका छन् ।
मतदानको पूर्वसन्ध्यामा प्रहरीले विपक्षीको मुख्यालयमा छापा मारेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । १ हजार १ सय ९२ टापु मिलेर बनेको माल्दिभ्स राजनीतिक अस्थिरतासँग जुधिरहेको छ ।
(एजेन्सीको सहयोगमा)

Next Post

‘हजार जुनीसम्म’ स्वस्तिमा खेल्ने

७ आश्विन २०७५, आईतवार १६:३७
सदरलाइनडटकम, काठमाण्डौ : नायिका स्वस्तिमा खड्काले फिल्म ‘हजार जुनीसम्म’मा काम गर्ने भएकी छिन् । विकास आचार्यको निर्देशनमा बन्ने फिल्मका लागि स्वस्तिमा मुख्य भूमिकामा खेल्ने निश्चित् भएको आचार्यले बताए । स्वस्तिमाले फिल्ममको कथा मनपराएको बताउँदै आचार्यले औपचारिक सम्झौता हुन बाँकी रहेको जानकारी दिए । विकास आचार्यले निर्देशन गरेको फिल्म ‘नाई नभन्नु ल […]