अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा खजुरामा निबन्ध प्रतियोगिता

५ आश्विन २०७५, शुक्रबार १८:१६
 

सदरलाइनडटकम, 
खजुरा (बाँके)  :  अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा शान्ति र सद्भावका लागि विद्यार्थीको भूमिका विषयक निबन्ध प्रतियोगिता शनिबार खजुरामा सम्पन्न भएको छ । खजुरा गाउँपालिका गाउँ शिक्षा समितिको आयोजना तथा जनजागरण समाजको सहयोगमा मावि स्तरिय प्रतियोगिता गराईएको हो ।
शान्तिका लागि सद्भाव भन्ने मूल नारा सहित आयोजना गरिएको प्रतियोगितामा ज्ञानोदय माविका कोमल उपाध्याय प्रथम, ध्रुवतारा विद्या मन्दिरका विभूति शाही द्वितिय र जेनिथ माविका सन्ध्या गिरी तृतिय भएका छन् ।
यसैगरी योगिनी माविका निशा खड्का र गुराँस माविका रितेश पुन सान्तवना स्थान हाँसिल गरेको खजुरा गाउँपालिका गाउँ शिक्षा समिति तथा खजुरा गाउपालिकाका श्रोत व्यक्ति टंकनाथ दाहालले जानकारी दिए ।
ज्ञानोदय बहुमुखि क्याम्पसमा आयोजना गरिएको प्रतियोगितामा विजेता प्रथमलाई शिल्ड सहित ३ हजार, द्वीतिय, तृतिय र सान्तवनालाई क्रमशः दुई हजार, एक हजार र ५/५ सय प्रदान गरिएको श्रोत व्यक्ति दाहालले जानकारी दिएका छन ।

Next Post

ज्ञानोदयमा आलु प्याज प्रतियोगिता

५ आश्विन २०७५, शुक्रबार १८:१६
सदरलाइनडटकम,   खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा रहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयले अतिरिक्त कृयाकलाप अन्तर्गत शुक्रबार एक फरक खाले प्रतियोगिताको आयोजना गरेको छ । विद्यालयमा रहेको बालक्लबको आयोजनामा आलु प्याज प्रतियोगिता नामक एक रोचक कार्यक्रमको आयोजना गरेको हो । प्रतियोगितामार्फत कृषि उपजप्रति विद्यार्थीको ध्यान आकर्षण गर्ने र संकलित आलु र […]

सम्बन्धित