बारका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

३ आश्विन २०७५, बुधबार १८:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : उच्च अदालत बार एशोसिएशन नेपालगञ्जका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले बुधवार एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन् । कार्यक्रमका प्रमुुख अतिथि एवं उच्च अदालत तुुलसीपुुर नेपालगञ्ज इजलासका वरिष्ठ न्यायाधीश विष्णुुदेव पौडेलले नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै पदभार हस्तान्तरण गराए ।
१३ सदस्यीय नवनिर्वाचित पदाधिकारीमा अध्यक्ष विकास आचार्य, उपाध्यक्ष रामगोपाल कुर्मी, सचिव चित्रबहादुर शाही, कोषाध्यक्ष सुदिपकुमार भट्टराई, महिला सदस्य कुसुमा सुवेदी, सदस्यहरु सतिष कुमार अधिकारी, सुर्जलाल थारु, बसन्तकुमार श्रेष्ठ, राकेश सोनी, पूर्णप्रसाद ढकाल, प्रभातरञ्जन पोखरेल र राजेन्द्र कुमार विश्वकर्मा रहेका छन् ।
बारको आयोजनामा भएको कार्यक्रममा न्यायाधीश पौडेलले न्यायका लागि सदैव निष्पक्ष र निस्वार्थ भई कार्य गर्नुपर्ने बताए । उनले नेपाल बार र उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाससँगै मिलेर काम गर्ने जानकारी गराए ।
यस्तै नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटाले न्याय प्रणालीलाई चुस्तदुस्त बनाई न्यायालयको मानप्रतिष्ठालाई जोगाउनु पर्ने जिम्मेवारी आएको बताए । कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदी, प्रमुुख निर्वाचन अधिकृत अधिवक्ता लक्ष्मणप्रसाद पराजुली, बरिष्ठ अधिवक्ता ईन्द्रजीत तिवारी, अधिवक्ता सुुनिल श्रेष्ठ, लोकबहादुर शाहले नवनिर्वाचित पदाधिकारीलाई शुुभकामना दिएका थिए ।
बारका निवर्तमान अध्यक्ष बलबहादुर चन्दले आफनो कार्यकालमा नेपालगञ्जमा नेपाल बारको केन्द्रीय सम्मेलन गरि ऐतिहासिक कार्य गरेको र नेपालगञ्जको बारको गौरव बढाएको दाबी गरे । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष आर्चायले आफुले यस गरिमामय संस्थालाई वरिष्ठ अधिवक्ता, अधिवक्ता र कानुन ब्यवसायीहरुसंग सहकार्य र समन्वय गरि अघि बढ्ने प्रतिबद्धता जनाए ।

Next Post

वडाप्रहरी कार्यालय नेपालगञ्जद्वारा लाखबढीको अवैध सामान नियन्त्रणमा

३ आश्विन २०७५, बुधबार १८:५६
सदरलाइनडटकम, नेपालगञ्ज   : वडा प्रहरी कार्यालय नेपालगञ्जले भन्सार छलेर नेपाल भित्र्याएको एकलाख बराबरको लत्ताकपडा नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय पठाएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका ईन्चार्ज तथा प्रहरी निरिक्षक नारायण डाँगीले दिएको जानकारी अनुसार गस्तीमा निस्केका प्रहरीको टोलीले नेपागञ्ज–२ घरबारीटोलमा सुमित बेहनाको घरमा भाडामा बस्ने ललिता […]