सदरलाइनडटकम,
काठमाण्डौ : फिलिपिन्समा शनिवार आएको शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र वर्षाले धेरै भौतिक संरचनामा क्षति पुर्याउने त्यहाँका अधिकारीहरुले अनुमान गरेका छन् ।
१ सय ८५ किलोमिटर प्रतिघण्टा रफ्तार रहेको उक्त आँधीले आफ्नो मार्गमा पर्ने सबै संरचनालगायतका रुखहरु भाँचेको बताइएको छ । मौसमविद्हरुले आँधी आउने बेलामा घरबाहिर ननिस्कन र सुरक्षित तरिकाले घरभित्रै बस्न आह्वान गरेका थिए ।
स्थानीय समयानुसार शुक्रवार राति १ बजेर ४० मिनेटमा आएको आँधीपछि त्यो क्षेत्रमा विद्युत सेवा ठप्प भएको र हजारौँ जनालाई सुरक्षित स्थानमा सारिएको अन्तर्राष्ट्रीय सञ्चार माध्यमहरुले जनाएका छन् । आगामी मंगलवारसम्म आँधी चली रहने मौसमविद्ले जनाएका छन् ।
(एजेन्सीको सहयोगमा)