सदरलाइनडटकम,
काठमाण्डौ : कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी चाँडै पत्ता लाग्ने गृहमन्त्री रामबहादुर थापाले दाबी गरेका छन् । पन्त हत्याबारे शुक्रवार राष्ट्रियसभाका सदस्यलाई जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् ।
दोषीमाथि कडा कारवाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै गृहमन्त्री थापाले अपराधी जोसुकै भएपनि उम्किन नपाउने जिकिर गरे । कञ्चनपुरकी १३ बर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरिएको थियो । पन्त घटनाका विषयमा सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेपनि अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।
गृहमन्त्री थापाले जनआन्दोलनका घाइते, पत्रकार राजु बस्नेतलाई पक्राउ गर्नुपर्ने कारण, जिल्ला प्रहरी कार्यालय बर्दियामा मृत्यु भएका राममनोहर यादवको मृत्यु र रोल्पा घटनाका विषयमा राष्ट्रियसभाका सदस्यलाई जानकारी दिएका थिए ।
Next Post
ज्ञानोदय पुस्तकालयमा पत्रकार विश्वकर्मा बसे अनशन
२९ भाद्र २०७५, शुक्रबार १६:३९
सम्बन्धित
-
२१ फाल्गुन २०७७, शुक्रबार १७:२२
सभापतिमा लड्ने कांग्रेस केन्द्रीय सदस्य गुरुङको दाबी
-
२३ जेष्ठ २०७६, बिहीबार १८:२६
दाङमा ठूला योजना आउँदै : मन्त्री मगर
-
२० श्रावण २०८०, शनिबार १६:५८
अडानद्वारा मानव सेवा आश्रममा खाद्यान्न सामग्री वितरण
-
२९ बैशाख २०८०, शुक्रबार १५:०६
गुलरियामा रेबिजले एक महिनामा २ जनाको मृत्यु
-
१८ कार्तिक २०८०, शनिबार १५:५०
भूकम्पपीडितका लागि एकसय ५० बोरा चामल सङ्कलन
-
२७ पुष २०८०, शुक्रबार १४:३२
सहकारी रकम अपचलनमा १९ जनालाई कैद सजाय