शिक्षा दिवसका अवसरमा खजुराका उत्कृष्ट विद्यार्थी सम्मानित

२३ भाद्र २०७५, शनिबार १७:५२
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा एसईईमा उत्कृष्ट सामुदायिक विद्यालय र संस्थागत विद्यालयका छात्रछात्रालाई खजुरा गाउँपालिकाले पुरस्कृत गरेको छ । दिवसका अवसरमा ज्ञानोदय माविमा शनिवार आयोजित कार्यक्रममा अवकाश प्राप्त शिक्षकहरुलाई समेत सम्मानित गरिएको थियो ।
सामुदायिक विद्यालयतर्फ जनता नमुना माविबाट एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रा महिमा गिरी, संस्थागततर्फ जेनिथ बोर्डिङ स्कुलकी छात्रा प्रिया जिसी, छात्रतर्फ सामुदायिक विद्यालयमा जानोदय माविका शिव श्रीवास्तव र इमानसिंह खड्का, संस्थागत विद्यालयतर्फ जेनिथका चिरञ्जीवी शाहीलाई नगद ५ हजारसहित सम्मानित गरिएको हो ।


यस्तै शिक्षकहरुमा नरबहादुर खत्री, टिकाराम पोख्रेल, रुपसिंह पुन र मोतिलाल सुनारलाई सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बाबुराम गौतम, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिलगायतले सम्मान प्रदान गरे ।
खजुरा समृद्धिको आधार, शैक्षिक गुणस्तरमा दीगो सुधार भन्ने मूल नाराका साथ आयोजित ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश नंं. ५ का प्रदेशसभा सदस्य गौतमले प्रदेश नंं. ५ मा बाँके र कपिलबस्तु जिल्ला साक्षर घोषणा हुन बाँकी रहेकोले त्यसतर्फ ध्यान दिनु सबैसँग आग्रह गरे । शिक्षाको कमी भएका ठाउँमा विशेष महत्व दिनुपर्ने सुझाव दिँदै उनले खजुरा गाउँपालिका अन्तरगत वडा नं. ५, ६, ७ र ८ मा बढी केन्द्रित हुनुपर्ने आवश्यकता औल्याए ।


Next Post

खजुराकी ‘सम्प्रिया’ बनिन् एकल तीज गीत विजेता

२३ भाद्र २०७५, शनिबार १७:५२
सदरलाइनडटकम, नेपालगन्ज : भार्गव विकास बैंक दोस्रो सद्भाव एकल तीज गीत नृत्य प्रतियोगितामा खजुरा की सम्प्रिया खड्का प्रथम पुरस्कार प्राप्त गर्न सफल भएकी छन् । गत वर्ष आयोजित प्रथम सद्भाव एकल तीज गीत प्रतियोगितामा दोस्रो भएकी खड्काले यसवर्ष प्रथम हुँदै नगद ३० हजारसहित प्रमाणपत्र प्राप्त गरिन् । रेडियो सद्भाव ९१.२ मेगाहर्जको […]