मतदान सकियो, गणनाको तयारी गरिँदै

१६ भाद्र २०७५, शनिबार १६:२६
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज उच्च अदालत बार एशोसिएशनको निर्वाचनअन्तर्गत आज भएको मतदान सकिएको छ । विहान ८ बजे शुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चलेको थियो । जम्मा २ सय ८६ मतदातामध्ये २ सय ६९ जनाले मतदान गरेको निर्वाचन अधिकृत लक्ष्मणप्रसाद पराजुलीले जानकारी दिए । बेलुकी पाँच बजेदेखि मतगणना शुरु गरिने उनले बताए ।
निर्वाचनमा कानुन ब्यबसायीहरु दुई वटा समूह बनाएर चुनावी मैदानमा छन् । प्रगतिशिल पेशागत समुह र प्रजातान्त्रिक कानुन ब्यवसायी समुह चुनावी मैदानमा रहेका छन् । प्रगतिशिल पेशागत समुहबाट विकास आचार्य अध्यक्षका उम्मेदवार हुन् भने उपाध्यक्षमा राजाराम गुप्ता, सचिवमा सुनिता शर्मा र कोषाध्यक्षमा रामचन्द्र घिमिरे उम्मेदवार रहेका छन् ।
महिला सदस्यमा कुसुमा सुवेदी उठेकी छन् भने अन्य सदस्यमा पवित्रकुमार शर्मा, श्यामकुमार श्रेष्ठ, विरेन्द्रकुमार बस्नेत, जयराज जैसी, डण्डकुमार चपाईं, विश्वराज चौधरी, टोपबहादुर थापा र गोविन्दबहादुर केसीको उम्मेदवारी रहेको छ ।
यस्तै १३ सदस्यीय कार्यसमितिका लागि प्रजातान्त्रिक कानुन ब्यवसायी समुहका तर्फबाट शिवकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार हुन् भने रामगोपाल कुर्मी उपाध्यक्षका उम्मेदवार हुन् । सचिवमा चित्रबहादुर शाही र कोषाध्यक्षमा सुदिप भट्टराईको उम्मेदवारी रहेको छ । महिला सदस्यमा दवीमाया खत्री उठेकी छन् भने अन्य सदस्यमा सतिषकुमार अधिकारी, सुर्जलाल थारु, बसन्तकुमार श्रेष्ठ, राकेश सोनी, पूर्णप्रसाद ढकाल, चित्रबहादुर केसी, प्रभातरञ्जन पोखरेल र राजेन्द्रकुमार विश्वकर्माको उम्मेदवारी रहेको छ ।


Next Post

एशिया कप छनोट क्रिकेटमा नेपालको पहिलो जीत

१६ भाद्र २०७५, शनिबार १६:२६
सदरलाइनडटकम, नेपालगन्ज : एशिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जीत हात पारेको छ । १ सय ८९ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेलेशियाले ९ विकेटको क्षतिमा १ सय ६९ रन बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । लगातार दुई खेलमा पराजित भएको नेपाल शनिवार तेस्रो खेलमा पहिलो जीत हात पार्न […]